अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट,


लेखक : सुन्दराञ्चल      अशोज ९, २०७९ मा प्रकाशित     
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट,

९ असोज, काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.७९ डलर तोकिएको छ । जुन १० माघ २०७८ (२४ जनावरी) यताकै कम हो ।

११ दिनको बीचमा कच्चा तेलको मूल्य प्रतिब्यारल ८ डलरले ओरोलो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबारयता मात्रै तेलको मूल्य प्रतिब्यारल थप ४ डलरले सस्तो भएको ‘द इकोनोमिक्स टाइम्स’ले जनाएको छ ।

Copy link
Powered by Social Snap