टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन्


लेखक : सुन्दराञ्चल      साउन २५, २०७९ मा प्रकाशित     
टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन्

२५ साउन, काठमाडौं । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सले टेनिस खेल जीवनबाट सन्यास लिने भएकी छन् । उनले अगष्ट २९ देखि सुरु हुने युएस ओपन नै आफ्नो लागि अन्तिम ग्राण्डस्लाम हुने संकेत गरेकी छन् ।

‘भोग’ म्यागाजिनका लागि लेख्दै सेरेनाले ‘रिटायरमेन्ट’ भन्ने शब्द आफूलाई मन नपर्ने तर टेनिस भन्दा अर्को कुरा आफूलाई महत्वपूर्ण हुने उल्लेख गरेकी छन् ।

उनले इन्स्टाग्राममा ‘अब गन्ती सुरु’ भनेर पनि लेखेकी छन् । उनले अब आफू मातृत्वमा रमाउने जनाएकी छन् । ‘जीवनमा यस्तो समय आउँछ, जुनबेला हामीले फरक दिशामा जाने निर्णय लिनुपर्ने हुन्छ । कुनै कुरालाई अत्यन्त माया गर्दा त्यो समय कठिन हुन्छ । म टेनिसमा रमाएँ । तर, अब उल्टो गिन्ती सुरु भएको छ । मैले आमा हुनमा, आफ्नो आध्यात्मिक लक्ष्य र फरक कुरामा केन्द्रित हुनेछ,’ सेरेनाले इन्स्टाग्राममा लेखेकी छन् ।

सेरेनाले अमेरिकन ओपन भने खेल्ने जनाएकी छन् जहाँ उनले ६ उपाधि जितेकी थिइन् । ‘दुर्भाग्यबस म यस पटक विम्बल्डन जित्न तयार थिइन र मलाई थाहा छैन न्यु योर्कमा जित्न सक्छु कि सक्दिनँ । तर म प्रयास गर्न जाँदैछु ।’

टेनिसको ओपन एरामा सेरेना धेरै उपाधि जित्ने खेलाडी हुन् भने समग्रमा मारगरेट कोर्टपछि दोस्रो स्थानमा छन् । मारगरेटले २४ उपाधि जितेकी थिइन् ।

Copy link
Powered by Social Snap