आँखा, नाक, मुख र ओठआकर्षक बनाउन हजारौं खर्चिन्छन् महिला


लेखक : सुन्दराञ्चल      साउन १३, २०७९ मा प्रकाशित     
आँखा, नाक, मुख र ओठआकर्षक बनाउन हजारौं खर्चिन्छन् महिला

साउन १३ ,काठमाण्डौ.आँखा, नाक, मुख र ओठलाई कसरी चिरिच्याट्ट बनाउने  यसका तौरतरिका अनेक छन् । गाजल लगाएर होस् वा लिपस्टिक, आँखीभौं मिलाएर होस् वा इयर रिंग लगाएर, आफ्नो सौन्दर्यलाई निखार्न अनेकन विधि अपनाइन्छ ।

फेसियल, थ्रेडिङ, अनुहारको मेकअप, केश सज्जा जस्ता थुप्रै विधि प्रचलनमा छन्, जसले सुन्दर देखाउन सघाउँछ । त्यसैगरी नङलाई कसरी आकर्षक देखाउने रु धेरैका लागि रुचि र चासोको विषय बन्ने गर्छ । त्यसैले त नङलाई आकर्षक बनाउन हजारौं रुपैयाँ निस्फिक्री खर्च गर्न तयार हुन्छन् ।

जस्तो मेनिक्योर, पेडिक्योरदेखि नेल आर्ट, नेल एक्सटेन्सन आदि गर्ने चलन छ, जसले नङलाई थप आकर्षक देखाओस् । सामान्यत नेल आर्ट, एक्सटेन्सन वा मेनिक्योर एवं पेडिक्योर गर्न ५–६ हजार रुपैयाँ खर्च लाग्छ ।

नेट एक्टेन्सन गर्न ३५ सयदेखि ५ हजार रुपैयाँसम्म लाग्छ । प्रेस अन नेलका लागि औसत तीन हजार रुपैयाँ खर्च हुन्छ । यसमा नेल आर्ट पनि समावेश छ । सलोन र प्रयोग गर्ने सामग्रीको आधारमा खर्च घटबढ भने हुनसक्छ ।

नेल एक्सटेन्सनप्राकृतिक नङमा जेलको कृत्रिम नङ राखेर त्यसलाई प्राकृतिक नङको जस्तो आकार दिने प्रक्रिया नै नेल एक्सटेन्सन हो । नेल एक्सटेन्सन सामान्यता दुई प्रकारको हुन्छ । टिप एक्सटेन्सन र प्रेस अन नेल । टिप एक्सटेन्सन नङको टुप्पोबाट नयाँ नङ जोडेर गरिन्छ भने प्रेस अन नेल चाहिं नङको फेदैबाट नयाँ नङ जोडेर गरिन्छ । यस्ता कृत्रिम नङहरू एक्रोलिक, पोलिजेल र बिल्डरजेल गरी तीनवटा प्रकारको पाउन सकिन्छ ।नेल एक्सटेन्सनमा अहिलेको ट्रेन्ड

प्रायः नेल एक्सटेन्सनमा नै नेल आर्ट पनि समावेश हुने भएकाले होला, नेल एक्सटेन्सनपछि विभिन्न डिजाइनको नेल आर्ट गरिन्छ । अहिले बजारमा मल्टी कलर नङको ट्रेन्ड चलेको छ । गाढा र फिक्का कलर मिलाएर मल्टी कलरको नङ बनाउने चलन पछिल्लो समय बढ्दो छ ।

ओम्ब्रे डिजाइन पनि चलेको छ । ओम्ब्रे भन्नाले नङको टुप्पोमा गाढा कलर र बिस्तारै फिक्का कलर लगाउने तरिका हो । फिक्का कलर लगाएर विभिन्न चित्र कोर्ने र गिल्टर टाँसेर नङलाई सजाउने पनि धेरैले रुचाउँछन् । अनलाइनखबर

Copy link
Powered by Social Snap