सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा, 


लेखक : सुन्दराञ्चल      असार २२, २०७९ मा प्रकाशित     
सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा, 

 काठमाडौं २२ असार, । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

Copy link
Powered by Social Snap