कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो,


लेखक : सुन्दराञ्चल      असार ९, २०७९ मा प्रकाशित     
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो,

९ असार, काठमाडौं । कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।

प्रतिद्वन्द्वी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकाले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो ।

बंगबन्धु बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज–२०२२ को रग्बी १५ प्रतिस्पर्धामा जित भने बंगलादेशको पोल्टामा पर्यो । बंगलादेशले नेपाललाई ३१–७ स्कोरले पराजित गर्यो ।

खेलपछि नेपाली प्रशिक्षक टंकराज गिरीले भने, ‘यो ऐतिहासिक उपलब्धिको साक्षी हुन पाउँदा मलाई गर्व लागेको छ । अब नेपालको रग्बीमा अगाडि बढ्ने ढोका खुल्यो ।’

लक्ष्य डिभिजन ३

नेपालले ७ जना खेलाडीहरुले खेल्ने रग्बी सेभेन मात्र खेल्दै आएको छ । विश्व रग्वी महासंघको मुख्य प्रतियोगिता १५ जना खेलाडीहरुले खेल्ने रग्बी १५ हो । त्यसमा भाग लिएपछि मात्र नेपालले विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्न पाउँछ ।

 

कप्तान क्षेत्रीले पहिलो आधिकारिक प्रतियोगिता खेलेपछि खुशी हुँदै भने, ‘रग्बी सेभन खेलेको दशक बढी भइसक्यो । तर आज आएर बल्ल आफ्नै कप्तानीमा खेल्न पाएँ । ज्यादै खुशी छु । अब हाम्रो लक्ष्य रग्बीको डिभिजन ३ खेल्ने हुने छ ।’ नेपाल अहिलेसम्म डिभिजन विहीन छ । रग्बी १५ खेलेपछि अब त्यो बाटो खुल्नेछ ।

बुधवार भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफमा बंगलादेशले जम्मा एक ट्राई ९५ अंक० मात्र गर्न सक्यो । तर घरेलु मैदानको फाइदा उठाउँदै बंगलादेशले दोस्रो हाफमा २६ स्कोर थप्यो र नेपाललाई दबावमा राख्यो ।

यद्यपि खेलको अन्तिम समयमा भने नेपालले खेल पूर्णरुपमा नियन्त्रणमा राख्यो र एक ट्राई ९५ अंक० हान्न सफल भयो । विराट श्रेष्ठले उक्त स्कोर गरेका हुन् । योसँगै उनी नेपालको तर्फबाट रग्बी १५ मा स्कोर गर्ने पहिलो खेलाडी बने ।

ट्राई गरेपछि सीधा पोष्टमा कन्भर्सन ९गोलपोष्टमा सीधा हान्ने० को अवसर पाउँछ । श्रीराम श्रेष्ठले उक्त कन्भर्सनमा स्कोर ९२ अंक० गरेपछि नेपालको स्कोर ७ पुग्यो । खेलपछि नेपाली र बंगलादेशी खेलाडीहरुले संयुक्त रुपमा खुशीयाली मनाए ।

विराटको कीर्तिमान

३१ वर्षीय विराट टोलीका उपकप्तान हुन् । मैदान प्रवेश गर्नु अगाडि उनले भनेका थिए, ‘रग्बी खेलिकन अझैसम्म एक ट्राई हानेको छैन । आज हान्ने हो ।’

भनेजस्तै उनले उत्कृष्ट स्कोर गरे । खेलको ७५ औं मिनेटमा टोलीका अग्ला खेलाडी श्रीरामले मिलाइदिएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनी बल लिएर स्कोर लाइनमा डाइभ हानेका थिए ।

खेलपछि विराटले भने, ‘यो मेरो करिअरको पहिलो स्कोर हो, त्यो पनि रग्बी १५ मा गर्न पाँउदा हर्षित छु । स्कोर गरेपछि म साँच्चै नै रोएको थिएँ ।’

बाग्लुङमा जन्मिएका विराट नेपाली रग्बी टोलीका पुराना सदस्य मध्येका एक हुन् । नेपाली रग्बीको विकासमा उनलाई एक महत्वपूर्ण सदस्य मानिन्छ । अनलाइनखबर

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap