धनगढी २२ भाद्र । कैलालीको गोदावरी नगरपालिमा नदीजन्य पदार्थ बिक्रि शुल्क संकलनको ठेक्का भवानी कन्ट्रक्सने पाएको छ । नगरपालिकाको मुख्य आन्दानीको स्रोतका रुपमा रहेको नदीजन्य पदार्थ बिक्रि शुल्क संकलनका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दा कञ्चनपुरमा रहेको भवानी कन्ट्रक्स प्रालीले ठेक्का पाएको हो । नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ का यहाँका तिनै वटै मुख्य नदी गोदावरी , खुटिया र खैराना नदीवाट नदीजन्य पदार्थ बिक्रि शुल्क संकलनका लागि भनेर न्यूनतम ५ करोड ५० लाख रकम राखेर खुल्ला बिधुतिय बोलपत्र आह्वान गरेको थियो । पहिलो पटक गरेको बोलपत्र आह्वानमा कसैले चासो देखाएका थिएनन् । त्यसमा ७ करोड न्युनतम मूल्य राखिएको थियो । तर दोस्रो पटकको रकम घटाएर गरिएको बोलपत्र आह्वानको सुचना अनुसार पर्न आएको बिधुतिय बोलपत्रहरु मध्ये मुल्याङकन समितिको निर्णय अनुसार कञ्चनपुरमा रहेको भवानी कन्ट्रक्स प्राली छनौटमा भएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीले जानकारी दिए । उसले ६ करोड २२ लाख २२ हजार २२ रुपैयामा ठेक्का पाएको हो । यद्धपी सम्झौता भने हुन बाकिँ रहेको प्रमुख प्रशासकिय अधिकृत जोशीले बताए । गत बर्ष नगरपालिकाले पटक पटक बोलपत्र आह्वान गरेपनि कसैको आवेदन नपरेपछि नगरपालिकाले आफ्नै कर्मचारीहरु खटाएर शुल्क संकलन गरेको थियो । जसमा नगरपालिकाले झण्डै ३ करोड रुपैया मात्रै राजश्व संकलन गरेको थियो । नगरपालिको आन्तरिक आयलाई बढाएर नगरकै विकासका लागि उपयोग गर्ने गरी अत्तरिया बसपार्कबाट पार्किङ्ग बाफतको र नदीजन्य पदार्थ बिक्रि बाफत शुल्क संकलन गर्दै आएको छ ।