प्रचण्डलाई ओलीको व्यङ्ग्य : पहिला र अहिलेको अध्यादेश फरक हो भनेर सत्य बोल्नु भयो, तर एमाले फुटाएर देश कसरी बच्छ?


लेखक : सुन्दराञ्चल      भदौ ९, २०७८ मा प्रकाशित     
प्रचण्डलाई ओलीको व्यङ्ग्य : पहिला र अहिलेको अध्यादेश फरक हो भनेर सत्य बोल्नु भयो, तर एमाले फुटाएर देश कसरी बच्छ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पनि अध्यादेश ल्याएको तर त्यसको उद्देश्य कुनै पनि दल फुटाउन नरहेको बताएका छन्। परमादेशबाट बनेको शेरबहादुर देउवा सरकारले भने प्रमुख प्रतिपक्ष दल विभाजित गर्न नै अध्यादेश ल्याएको दाबी गरेका छन्।

आफूले पनि अध्यादेश ल्याएको तर त्यो अहिलेको भन्दा फरक उद्देश्यका लागि भएको भन्दै उनले भने, ‘ १२ बजे अधिवेशन अन्त्य गर्ने धोका पूर्ण ढंगले र भोलिपल्ट अध्यादेश ल्याउने काम मेरो सरकारले गरेको होइन। संविधान कार्यान्वयन गर्न अध्यादेश ल्याएको हो हामीले। कुनै पार्टी लाई फुटाउन गुट फुटाउन ल्याइएको अध्यादेश होइन। सामान्य विवाद थियो। कुनै पार्टी फुटउन्मुख थिएन।’

ओलीले ४० प्रतिशत पुर्‍याए पार्टी फुटाउन पाउने संविधानले अधिकार दिएको भन्दै त्यसमा दल र संसद उल्लेख भएको  बताए।

‘तर असुविधा कहाँ भने भयो डेढ सयको केन्द्रीय सदस्यलाई १५ सय पुर्‍यायो। बाटोमा हिँड्दा हिँडदै केन्द्रीय सदस्य बढ्यो। कसरी पुर्‍याउने ४० प्रतिशत ? त्यसैले संविधानको कार्यान्वयन गर्न सांसदको अधिकारहरु पूरा गर्न अध्यादेश ल्याइएको थियो’ ओलीले भने।

आफूले ल्याएको अध्यादेशलाई संसद छल्न खोजेको भन्दै विरोध भएको भन्दै अहिले के कारणले अध्यादेश ल्याइएको भन्दै प्रश्न गरे।

‘पहिला र अहिलेको अध्यादेशको प्रक्रिया नियम उद्देश्यमा फरक छ। अहिलेको त्यस्तो स्थिति हो र? राति अन्त्य गर्ने भोलि अध्यादेश ल्याउने काम भयो ?’ उनले प्रश्न गरे।

प्रचण्डले पहिले र अहिलेको अध्यादेश एउटै होइन भनेर सत्य बोलेको भन्दै ओलीले व्यङ्ग गरे।

भने, ‘तर उहाँले झुट बोल्नु भयो। देशको लागि ल्याइएको होइन अध्यादेश। एमाले फुटाउन अध्यादेश ल्याएको हो। प्रतिपक्ष पार्टी फुटाउनु अनैतिक कार्य हो।’

ओलीले थप प्रश्न गरे, ‘यो अध्यादेश नआएको भए देश के हुन्थ्यो? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? देश जोगाउन अध्यादेश ल्याएको रे। देश जोगाउन यो बितण्डा। यो अनैतिक कार्य नहुँदा देश जोगिँदैछ। यो गलत व्याख्या हो। त्यस्तोमा हामी पर्न हुन्न।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap