समानता समावेसी मानव अधिकारका लागि आसनमा महिला , भाषणमा महिला ,शासनमा महिला (आभाशा ) राष्ट्रिय अभियान अन्तरगत देशभरीका चेलिबेटीहरुलाई सशक्तिकरण गराउने उदेश्यले मुलधार महिला सेवा केन्द्रको आयोजनामा सातौँ राष्ट्रिय बेटी सम्मेलनजको आयोजना हुँदैछ । भोलि माघ २७ गते देखि २९ गते सम्म धनगढीमा उक्त सम्मेलनको आयोजना हुन लागिएको हो । नेतृत्व पारदर्शी काम, समानताकालागि हाम्रो अभियान भन्ने उदेश्यले सम्मेलनको आयोजन गर्न लागिएको मुलधार महिला सेवा केन्द्र नेपालका अध्यक्ष नजबुल खान (निलम ) ले जानकारी दिनु भयो । चेलिबेटीलाई सशक्तिकरण गराउने उदेश्यले २०७१ सालमा प्रदेश नं. १ को उदयपुर गाईघाटबाट उक्त सम्ेलन सुरुवात गरिएको थियो । उक्त सम्मेलनकालागि देशै भरीबाट महिला अधिकारकर्मि , जनप्रतिनीधि , लगाएत ,विभिन्न पार्टीका महिला प्रतिनिधिहरु धनगढीमा उपस्थीत हुनु भएको छ ।