केएमसीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले गरे रगतदान


लेखक : सुन्दराञ्चल      माघ २६, २०८१ मा प्रकाशित     
केएमसीमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले गरे रगतदान

 धनगढी माघ २६,  युवा एकता परिषद् नेपाल धनगढीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा एकता परिषद् नेपालको आयोजना र नेपाल रेड क्रस सोसाइटी रक्तसञ्चार केन्द्रको सहकार्यमा भएको बृहत रक्तदान कार्यक्रममा  विशेषगरी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत ३५ जना विद्यार्थी रक्तदाताहरूले रगतदान गरेको युवा एकता परिषद् नेपालका उपाध्यक्ष खेमराज भट्टराईले जानकारी दिए।

पछिल्लो समयमा धनगढीमा रक्त अभावका कारण बिरामीले दुःख झेल्नु परिरहेको अवस्थालाई मध्यनजर गर्दै , रक्त अभावलाई केही हद सम्म भए पनि समाधान गर्नको लागि रक्तदान कार्यक्रम गरिएको युवा एकता परिषद् नेपाल धनगढीका अध्यक्ष रोशन उपाध्याय सुवेदीले बताए । रक्तदान नै जीवनदान भएकाले युवा एकता परिषद् नेपाल धनगढीको आयोजनामा सम्पन्न भएको बृहत रक्तदान कार्यक्रममा रगत दान गरेर सहयोग गर्ने सम्पूर्णलाई संस्थाका अध्यक्ष सुवेदीले धन्यवाद दिएका छन्।

आगामी दिनहरूमा पनि यस युवा एकता परिषद् नेपाल धनगढीलाई यस्तै सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको समेत अध्यक्ष सुवेदीले बताए।

युवाहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र युवा सशक्तिकरणका माध्यमबाट समाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको युवा एकता परिषद् नेपालले विगत देखिनै आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। आगामी दिनहरूमा सुदूरपश्चिमप्रदेश भरि नै कार्यक्रम गर्ने तयारी रहेको समेत युवा एकता परिषद् नेपालd

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap