धनगढी मंसिर १५ ,सुदूरपश्चिममा तीन हजार सात सय २३ जना एचआइभी संक्रमित एआरटी उपचारमा रहेका छन् । कुल चार हजार नौ जना संक्रमितमध्ये हाल उक्त संख्याका संक्रमित उपचारमा रहेका हुन् ।
गत आवमा मात्रै २ सय १४ जनामा एचआइभी संक्रमण पुष्टि भएको र संक्रमिति सबै एआरटी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको तुलनमा गत आवमा संक्रमितको संख्या घटेको जनाइएको छ । त्यस्तै गत आवमा ६४ जना संक्रमितको मृत्यु भएको तथ्यांक छ ।स्वास्थ्य निर्देशनालय डोटीका निमित्त निर्देशक डा. खगेन्द्र बमले संक्रमितको जीविकोपार्जनमा समेत ध्यान दिनु पर्ने बताए । उनले संक्रमितले काम नपाउने काम गर्न नसक्ने जस्ता कारणले समस्यामा रहेको बताए ।
संक्रमितले समाजमा अन्य मानिस सरह बाच्न पाउनु पर्ने बताए । एचआईभी निको नभएपनि व्यवस्थापन हुने उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य प्रबद्र्धन केन्द्रका प्रमुख हेमराज खड्काले एचआइभी संक्रमितको संख्या घट्दै गएपनि यसको जोखिम अझै रहेको बताए । उनले योसामाजिक रोग पनि भएको बताए ।
सरकारले सन् २०३० सम्म नया संक्रमित,मृत्यु र संक्रमितलाई गरिने भेदभाव सून्यमा झार्ने लक्ष्य लिइएको जनाइएको छ । एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चत गरोँ भन्ने नाराका साथ भोलि ३७ औँ विश्व एड्स दिवस मनाइँदै छ ।