कस्तो रहला आजको मौसम ?


[ss_social_share]
लेखक : सुन्दराञ्चल      मंसिर १५, २०८१ मा प्रकाशित     
कस्तो रहला आजको मौसम ?

मंसिर १५, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शनिबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।