१४ मंसिर, फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औं स्थानमा छ ।
नोभेम्बर महिनाको सुरूवातमा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९३५ थियो । अहिलेको नयाँ वरियतामा नेपालले ३ अंक थप्दै ९३८ बनाएको छ ।नेपालले यसै महिना ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । ताजिकिस्तानसँग पराजित भएपनि अफगानिस्तानलाई भने हराएको थियो ।
आफू भन्दा माथिल्लो वरियतामा रहेको टिमलाई हराएकोले नेपालले यस पटक अंक जोड्न सफल भयो । दक्षिण एसियामा भारत सबैभन्दा अघि १२७औं स्थानमा छ ।अर्जेन्टिना शीर्ष स्थानमा कायम रहँदा फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौं स्थानमा छन्