धनगढी : मंसिर १०,धनगढीमा मंसिर २२ गते लाग्ने सुदूरपश्चिम महोत्सव २०८१ को तयारी तिब्र रुपमा अघि बढेको छ । महोत्सवको तयारी ५० प्रतिशतले सम्पन्न भएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले जानकारी दिए ।
धनगढी उपमहानरपालिका–१ पशुपतिटोलमा मंच र स्टल निर्माण कार्य भई रहेको छ ।
यस्तै महोत्सको टिकट छपाई लगायत कामहरु पनि तिब्र रुपमा अघि बढिरहेका छन । महोत्सवमा आवश्यक सबै काम सम्पन्न हुन ६ दिन लाग्न आयोजकले जनाएको छ ।
महोत्सव उद्घाटनका लागी प्रधानमन्त्री केपी शर्मा ओली आउने जनाएको छ । प्रधानमन्त्री संगैअर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पनि आयोजक टिमले निमन्त्रणा दिएको जनाएको छ ।