धनगढी बजारमा अहिले तिहारको सामान खरिद गर्नेहरुको भिडभाड बढ्न थाल्यो


लेखक : सुन्दराञ्चल      कार्तिक १५, २०८१ मा प्रकाशित     
धनगढी बजारमा अहिले तिहारको सामान खरिद गर्नेहरुको भिडभाड  बढ्न थाल्यो

महादेव गिरी

धनगढी कार्तिक १५,नेपालीहरुको महान चाड शुभ दीपावली नजिकियसँगै धनगढीमा अहिले तिहारको सामान खरिद गर्नेहरुको भिडभाड बढेको छ। तिहार लागेसँगै धनगढीका मुख्य व्यापारीक क्षेत्रहरुमा अहिले किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो भिड देखिन्छ ।

धनगढीको मुख्य बजार ,क्याम्पस रोड, चौराहा, बसपार्क, अस्पताल लाइन ,इलेन चोक, लगायतका क्षेत्रमा सर्वासाधारणको भिडभाड बढेको छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न सुरु भएको छ ।

विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु धनगढीको मुख्य बजार ,क्याम्पस रोड, चौराहा, बसपार्क, अस्पताल लाइन ,एलेन चोक ,लगायतका ठाउँमा जाने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो। लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ।

No description available.No description available.No description available.Open photoNo description available.

Copy link
Powered by Social Snap