कार्तिक १३, बझाङमा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएकामा उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।