कार्तिक १०,बाजुरा खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा सम्पन्न छेडेदह गोल्ड कप तथा छैटौं संस्करणको कन्सर्न बाजुराको टिम बिजेता बनेको छ भने उप बिजेता बडिमालिका ९ बनेको छ ।
शुक्रबार सम्पन्न फाइनलमा बिजेता बनेको कन्सर्न बाजुराको टिमले ४ गोल सहित बिजेता बनेको छ भने उप बिजेता बनेको बडिमालिका ९ ले २ गोल हानेको थियो । शिर्ष अंक तालिमकामा पुगेर फाइनलमा भिडेका कन्सर्न र बडीमालिका ९ फाइनलमा रोचक प्रतिष्पर्धा भएको थियो । लगातार चार वर्ष उपाधी जित्दै आएको कन्सर्न बाजुरो यो पटक पनि उपाधी जितेको हो ।
शुक्रबार भएको खेलमा कन्सर्न बाजुराले बडीमालिका–९ लाई ४–२ ले पराजित गरेको छेडेदह गोल्डकपमा खेल संयोजक कृष्ण ओलीले जानकारी दिएका छन् । खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल हानेका थिए । त्यसको लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयन्द्र सिंहले १ गोल गरेका थिए ।
खेलको दोस्रो हापमा सिंहले १ गोल हान्दै ४ बनाएका थिए । भने बडीमालिका–९ का राजेश थापाले १ गोल र सुमन विक.ले १ गोल हानेका थिए । खेलको दोस्रो हापमा वि.क. र थापाले जवाफीमा कन्सर्न विरुद्ध दुई गोल हानेपनि कन्सर्नले ४ गोल हानेपछि उपाधी जितेको हो ।
यस भन्दा पहिले भएको छेडेदह गोल्डकप प्रतियोगितामा समुह चरणबाट नै बाहिरिदै आएको बडीमालिका–९ यो पटक फाइनलमा प्रवेश गरेको हो । अंक तालिकाका आधारमा कन्सर्न बाजुरा र बडीमालिका देखिएपछि दुई वटै क्लवबीच फाइनलको प्रतिष्पर्धा भएको खेल संयोजक ओलीले बताए । असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिता कार्तिक ९ गते समापन भएको हो ।
बाजुरामा सर्वाधिक धनराशीको छेडेदह गोल्डकप २०८१ सम्पन्न भएको छ । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको छेडेदह गोल्ड कपको समापन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका हुन । कार्तिक ३ गते देखी खप्तड छेडेदह गाउँपालिका ७ आटिचौरमा सुरु भएको गोल्डकपको शुक्रबार एक औपचारिक कार्यक्रमकाविच जिल्ला समन्वय समिति प्रमुख रोकायाको प्रमुख आथित्यमा समापन भएको छ । गोल्डकपमा १० टिम सहभागी भएका थिए । हरेक वर्ष दशैं तिहारको बिचमा हुने फुटबल प्रतियोगिता यो वर्ष देखि गोल्डकपको रुपमा आयोजना गरिएको छ । छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ ।
छेडेदह स्पोर्टस क्लवका अध्यक्ष लोकेन्द्रबहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए । खेलकुद समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिँया,उप प्रमुख माया खड्का (कुँवर), खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत विशिष्ट अतिथी रहेका थिए । क्लवका उपाध्यक्ष लक्ष्मण ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नरेश नाथले गरेका हुन् ।
खप्तड छेडेदह गाउँपालिका ७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।
यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो ।