हिर्काइदिनु यो बिभेदकारी समाजको टाउकोमा चौका र छक्का!! रियल तेज


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०८१ मा प्रकाशित     
हिर्काइदिनु यो बिभेदकारी समाजको टाउकोमा चौका र छक्का!! रियल तेज

जेठ  २२ धनगढी  ,ओइ धर्मगुरु समाज तेरो धर्मको टीका सोमपालहरुको निधारमा सुहाउदै सुहाउदैन कि..? तलाई आफैलाई निर्धारण गरिरहन मन छ युग देखि युगौ सम्म धर्मका सिमारेखा ! आफै खोकि रहन्छस हाम्रो धर्ममा विभेद कहाँ छ भनेर..? धर्मशाश्त्रमा विभेद छैन भनेर किन गैरहेको छस आफै निर्माण गरेको घटिया भाष्यको बर्खिलाप..? यदि सोमपाल कामिहरु भिम सार्किहरु अर्जुन कुमालहरु अछुत हुन भने निकालिदे तेरो सनातनी धर्म मान्दै आएको देसको राष्ट्रीय टोलिबाट पठा तेरै सनातनी सन्तान ललाटमा चानुन घसेर कम्मरममा अङौछा बाधेर तेरो धर्ममा न अटेपनी तेरो चन्दनमा न अटेपनी तेरा बनाएका राता अक्षता उस्को निधारमा नसुहाए पनि तर उस्को बदनमा सुहाएको छ नेपाललाई प्रतिनिधित्व गर्ने वर्दि उस्ले आफ्नो कर्मको बर्दी लगाएर गरिरहेछ ।

दसकौ देखि तेरो यो विभेदकारी समाजको नेतृत्व पृय सोमपाल तिमी यो देसको सबै भन्दा उच्चकोटिको मान्छे हौ केही थान धर्मगुरुले तिम्रो निधार छुन घिन मान्दैमा न आत्तिनु निरस नहुनु बरु तिम्रो तुफानी बलिङको बेगले हिर्काइदिनु यो बिभेदको टाउकै माथी प्रहार गरिदिनु चौका र छक्काको यो धर्मगुरुले भरिपुर्ण समाजको मथिङ्गलमा हेक्का राखोस यो समाजका धर्मगुरुले तिमी जुन लाइनमा उभिएका थियौ कामी भएर उभएको होइनौ देसलाई अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउने नामि बनेर उभिएको थियौ भन्ने!  रियल तेज ..विचार 

No description available.

Copy link
Powered by Social Snap