वाईफाई नेपालले सुदूरपश्चिमका ३ जिल्लामा विस्तार गर्यो इन्टरनेट सेवा


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०८१ मा प्रकाशित     
वाईफाई नेपालले सुदूरपश्चिमका ३ जिल्लामा विस्तार गर्यो इन्टरनेट सेवा

धनगढी   २२ जेठ  । नेपालकै सबैभन्दा सस्तो र भरपर्दो फाइबर इन्टरनेट वाईफाई नेपालले सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा सेवा विस्तार गरेको छ । विगत १ बर्षदेखि धनगढी बजार क्षेत्रबाट सेवा दिईरहेको वाईफाई नेपालले कंचनपुर र डडेल्धुरामा पनि सेवा विस्तार गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा सेवा विस्तार गर्ने क्रममा कैलालीको टिकापुर,लम्की,चौमाला,अत्तरिया,पहलमानपुर,सुखड,फूलवारी क्षेत्रमा सेवा विस्तार गरिएको वाईफाई नेपालका सुदूरपश्चिम प्रदेश संयोजक आसिस सोनीले बताए ।त्यसैगरि कंचनपुर को बेलौरी,महेन्द्रनगर,आईविआरडी,झलारी र डडेल्धुरा जिल्लामा सेवा विस्तार गरिएको बताइएको छ ।

वि.स २०७९ असार देखि नेपालमा इन्टरनेट सेवा सुरु गरेको वाईफाई नेपालले हाल सम्मकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट उपलब्ध गराइरहेको जनाइएको छ । कम्पनीले ५० र ८० एमबिपिएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । ग्राहकहरुको आवश्यकता र चाहनालाई मध्यनजर गरि कम्पनीले ३ महिने,६ महिने,१२ महिने र २४ महिने अफर ल्याएको छ ।

१२ महिने प्याकेज लिने ग्राहकले ६ हजार २१५ रुपैयाँमा ५० एमविपिएस र ८ हजार ४७५ रुपैयाँमा ८० एमविपिएस गतिको इन्टरनेट पाउने जनाइएको छ । त्यसैगरि २४ महिने प्याकेज लिने ग्राहकले ८ हजार ४७५ मा ५० एमविपिएस र ११ हजार ८६५ मा ८० एमविपिएस गतिको इन्टरनेट पाउनेछन् । २४ महिने प्याकेज जडान गर्दा मासिक २७० रुपियाँ पर्ने जनाइएको छ ।

Copy link
Powered by Social Snap