सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख २८, २०८१ मा प्रकाशित     
सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी बैशाख २८,धनगढीमा प्रादेशिक आयुर्वेदिक चिकित्सालयद्धवारा सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी हिजो बिहीबार एक अन्तरक्रिया कार्यक्रममा गरेको छ । प्रादेशिक आयुर्वेदिक चिकित्सालय धनगढीले विभिन्न विशेषज्ञ आयुर्वेदिक चिकित्सकद्वारा सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयले बिहीबार धनगढीमा आयोजना गरेको सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयुर्वेदिक चिकित्सालयले दिने सेवाको बार्यमा जानकारी दिएको थियो । ओपिडी सेवा, वरिष्ठ बालरोग चिकित्सक, आयुर्वेद चिकित्सक, होमियोप्याथिक चिकित्सकद्धारा चिकित्सा सेवा र प्याथोलोजी सेवाहरु प्रदान गर्दै आईरहेको चिकित्सालय डा.मोहन राज जोसीले जानकारी दिएका थिए । चिकित्सालयमा आर्थिक बर्ष २०७९ मा महिला १७ हजार ३ सय १७ र पुरुष १२ हजार ४ सय ७० ले आयुर्वेद सेवा लिएको डा। दुर्गाप्रसाद ढुंगानाले जानकारी दिए । यस्तै आर्थिक बर्ष २०८० चैतसम्ममा महिला र पुरुष गरी १९ हजार ६ सय २९ जना बिरामीले सेवा लिएको ढुंगानाले बताए ।
आयुर्वेद चिकित्सा सेवाप्रति नागरिकको आर्कषण बढे पनि सेवा प्रवाहमा समस्या हुने गरेको चिकित्सालयका मेसु तथा बालरोग विशेषज्ञ डा.रामेश्वर ठाकुरले बताए । उनले निःशुल्क फार्मेसी सञ्चालन प्रक्रियामा समस्या हुनाको साथै विशेषज्ञ सेवाका लागि विशेषज्ञ डाक्टरको अभाव भएको उनले बताए ।त्यस्तै डा. रामेश्वर ठाकुरले अहिले बर्तमान समयमा जुन आयुर्वेद हिसाबले सुदूरपश्चिम निकै पछाडी परेको देखिएको छ । जुन नौँ ओटै जिल्लाहरुमा गुणस्तर सेवा दिन नसकेको बताए । हामीलाई प्रदेश सरकाले सौतेनी व्यबहार गरेको आफूले पटक पटक सरोकारबालाई आयुर्वेद बार्यमा अन्ने जिल्ला भन्दा हाम्रो जिल्ला धनी भएको हामीले यहाका जडीबुटीहरुलाई यही प्रशोदन गरेर अगाडी बढार्यौ भने पक्कै पनि सुदूरश्चिमका युवाहरुलाई यही ठाँउमा रोजगारी सृजर्ना गर्ने सकिन्छ भनेर प्रदेश सरकार प्रताब लिएर गएको तर सरकारले आनाकानी गरिएको चिकित्सालयका मेसु तथा बालरोग विशेषज्ञ डा. रामेश्वर ठाकुरले बताए । सयोग गर्ने ठाँउमा हतोसाही गर्ने काम मात्र भएको उनले बताए ।
त्यस्तै पञ्चकर्म सेवालाई गुणस्तरीय बनाउन आवश्यक जनशक्तिको खाँचो, फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्तिको अभाव, विदाको दिन पनि सेवा सुचारु गर्न आवश्यक जनशक्ति र कर्मचारीहरुलाई आवासको आवश्यता रहेको उनले बताए । कार्यक्रममा आयुर्वेद परिचय र स्वस्थ जीवनशैलीका बारेमा डा. मोहन जोशीले प्रस्तुतीकरण गरेका थिए भने शरीरमा भएका विकृत दोषलाई निर्मुल बनाउन पञ्चकर्मको विधिको उपाय र विधीका बारेमा डा. विजय पुरीले प्रस्तुतीकरण गरेका थिए ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका व्यवस्थापन समितिका अध्यक्ष नरेश बिष्टले प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा आवश्यक जनशक्ती र सेवा प्रवाहलाई सहज, सरल बनाउन लागिपरेको बताए । अस्पतालको समग्र विकासका लागि सबैले लाग्नुपर्ने आवश्यक भएको उनले बताए ।त्यस्तै सुदूरपश्चिम प्रदेशको जडीबुटी भारतमा कयौडीको रुपमा बिक्री भएको त्यही जडीबुटी फेरी हामीले किन्दा सुनको मुल्यमा बिक्रीगरेर हामीले बिन्नु प्रर्ने बाध्यता रहेको बताए ।

Copy link
Powered by Social Snap