बिहेका लागि भारतीय युवा नेपालमा


लेखक : सुन्दराञ्चल      बैशाख २२, २०८१ मा प्रकाशित     
बिहेका लागि भारतीय युवा नेपालमा

बैतडी-  बैशाख २२,पछिल्लो समय भारतको पिथौरागढ जिल्लाका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन् । पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे पनि नोकरी नभएकाले कसैले छोरी दिन नमानेको बताउँदै भन्नुभयो, “बैतडीबाट छोराको विवाह गर्नुपर्‍यो ।” पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाए ।

पछिल्लो समय बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले पनि जनाएका छन् । नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् । पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले भारतीय बेरोजगार युवाले आफ्नो देशमा दुलही पाउन कठिनाइ भएको विषय भारतीय अखबारमा समाचार बन्न थालेको बताए ।

“विवाहका लागि वर सरकारी जागिरवाला हुनै पर्ने भएको छ,” सञ्चारकर्मी आर्यले भने, “भारतमा गैरसरकारी संस्था त्यति छैनन् । सरकारी कर्मचारीका लागि सीमित सिट सङ्ख्या हुन्छ । सेनारप्रहरी मात्र रोजगारीको विकल्प छ । उच्च शिक्षा हासिल गरेर पनि सबै युवाले सरकारी नोकरी पाउन सक्दैनन् । नोकरी नभए विवाह गर्न झन् कठिन बन्दै गएको छ ।”

नेपाल–भारतबिच हुने विवाहको अभिलेख दुवै देशका सुरक्षाकर्मीले राख्ने गरेका छन् । भारतीय सीमा सुरक्षा बलका झुलाघाट पुल इन्चार्ज अनुप मन्नाले नेपाली र भारतीयबिच पछिल्लो समय विवाह बढेको बताए ।

शिक्षित र खान लगाउन पुग्ने सबै नेपालीले भारतीयलाई छोरी दिने गरेका छैनन् । आर्थिक रूपमा विपन्न परिवार मात्र विवाहका लागि तयार हुने गरेको दशरथचन्द नगरपालिका–८, झुलाघाटका जयसिंह भाटले बताए ।

पिथौरागढ ससुराली भएका शिक्षण पेसाबाट निवृत्त गोविन्दराज जोशीले नेपाली युवा सरकारी नोकरीवाला भए भारतको पिथौरागढबाट पनि छोरी दिन तयार हुने गरेको बताए ।

नेपाल–भारत सीमा नाका जोड्ने झुलाघाट पुल दिनभरि खुला हुने भए पनि राति बन्द हुने गरेको छ । विवाहका लागि भने जुनसुकै बेला पनि गेट खुल्ने गरेको छ । भारतमा भएको लोक सभा निर्वाचनका लागि ७२ घण्टाका लागि बन्द गरिएको गेट विवाहका लागि १० मिनेट खुला गरिएको थियो । यही वैशाख ५ गते भारतको बेरिनागबाट दुलहासहित बैतडीको दोगडाकेदारमा विवाह लिएर आएका छ जनाका लागि गेट खोलिएको थियो ।

भारतको उत्तराखण्ड राज्यमा १७ प्रतिशत गरिबी छ । उत्तराखण्डका १३ जिल्लामध्येको मध्यम सहरी क्षेत्र पिथौरागढमा सात प्रतिशत मात्रै गरिबी छ । यद्यपि बेरोजगारीको सङ्ख्या भने उल्लेख्य छ । सुदूरपश्चिम प्रदेशमा ३४ प्रतिशत गरिबी छ । सुदूरपश्चिमका नौ जिल्लामध्येको पहाडी जिल्ला बैतडीमा ४२ प्रतिशत गरिबी रहेको तथ्याङ्क छ । गरिबीका कारण बेरोजगारलाई भए पनि छोरी दिने गरेको स्थानीयवासीको भनाइ छ । गोरखापत्रबाट

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap