करणी उद्योगको आरोप लागेकामाथि यौन दुर्व्यवहार मुद्दा श्रीमानबाट तिरस्कार,


लेखक : सुन्दराञ्चल      बैशाख २१, २०८१ मा प्रकाशित     
करणी उद्योगको आरोप लागेकामाथि यौन दुर्व्यवहार मुद्दा श्रीमानबाट तिरस्कार,

बैशाख २१,,करणी उद्योगको आरोप लागेकामाथि यौन दुर्व्यवहार मुद्दा श्रीमानबाट तिरस्कार, समाजबाट अपहेलना कैलाली । मध्यरातमा आफूमाथि बलात्कारको प्रयास भएको भन्दै मुद्दा लडिरहेकी वायल ७० (क) माथि अदालतले उनले गरेको दाबी अनुसारको कसुर नभएको ठहर गरेको छ । करणी उद्योगमा दर्ता गरेको मुद्दा अदालतले यौन दुर्व्यवहारमा परिणत गरिदिएपछि उनी न्याय नपाउने हो कि भन्ने चिन्तामा छिन् ।

आफूमाथि बलात्कारको प्रयास भएको भन्दै घटना भएको भोलि पल्ट आफ्नै उनले गाउँको इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिन् । राति १ बजेको सामयमा घरमै आएर हात मुख च्यापी घर भन्दा पर कोदो बारीमा लगेर जबरजस्ती करणीको प्रयास गरेको उनको जाहेरीमा उल्लेख गरिएको छ । इलाका प्रहरी कार्यालयले साउन २ गते घटनाको स्थलगत मुचुल्का तयार ग¥यो । त्यसपछि जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दर्ता भयो । प्रहरीले तयार पारेको विवरणका आधारमा जिल्ला अदालत डोटीमा २०८० भदौ १७ गते अभियोग पत्र दायर भयो । जबरजस्ती करणी उद्योग भएको १ महिना पछि अदालतमा बयान सुरु भयो । पहिलो पटक जिल्ला अदालत डोटीले पीडितलाई बक पत्रका लागि बोलाएपछि पीडितले आफ्नो पहिलो बयानमा मुचुल्का बयान दिँदाकै बयान दोहो¥याइन् । यति बेला सम्म पिडक प्रहरीको फरार सूचीमै रहेका थिए । पछि युवकले आफै प्रहरी सम्पर्कमा आएर ११ दिन थुनामा बसे । त्यो दिन राति करिब ८ बजे वायल ७० (क) लाई फोन आउँछ । उनीहरु बिच केहि समय सामान्य संवाद हुन्छ ।

त्यति बेला उनी सँगै उनकी जेठानीकी १४ वर्षीय छोरी थिइन् । मध्यरातमा पनि पटक पटक फोन आएपछि उनी आफ्नो २ वर्षको छोरा लिएर बाहिर निस्कन्छिन् । महिलाले दाबी गरे अनुसार उनी घरमा असुरक्षित भएपछि सासू कहाँ आश्रय लिन जाँदै थिइन् । यति बेला रातिको करिब १२ बजे बजेको थियो । त्यसको केही समय उनी माथि जबरजस्ती करणीको प्रयास हुँदै गरेको र आफूले प्रत्यक्ष देखेको सासूले अदालतमा बयान दिएकी छन् । ‛मलाई धम्कायो । त्यसपछि सासू भएको ठाउँमा जान लागेको अवस्थामा प्रतिवादी र अर्काे एक जना मानिसले पछाडिबाट एक जनाले मेरो हात समात्यो र अर्कोले मेरो मुख च्यापेर घर भन्दा टाढा कोदोवारिमा लग्यो । त्यसपछि अर्काे व्यक्तिले मेरो पछाडिबाट हात समात्यो र प्रतिवादीले मेरो कुर्ता च्यातेर जबरजस्ती गर्न खोज्यो । त्यसपछि मेरो भतिजी र सासू आएर निजलाई समात्न खोज्दा नीजले आफ्नो चप्पल छोडेर भागेको हो ’वायल ७० (क)ले अदालतमा भनिन् । करणीको प्रयास गरेको आरोप लागेका पुरुषले भने, महिलासँग तीन वर्ष देखी फोन सम्पर्क हुने गरेको पटक पटक सहमतिमा शारीरिक सम्पर्क पनि हुने गरेको बयान अदालतमा दिएका थिए । उक्त दिन पनि महिलाले बोलाएर आफू त्यहाँ गएको पुरुषको दाबी छ । ‘मलाई आफू एक्लै रहेकाले सहमतिमै करणी लेनदेन गर्न बोलाएकी हुनाले म साढे १२ बजे आफ्नो घरबाट गएको हुँ ।

मैले उनको घरमा आउन इन्कार गरेपछि उनी फोन गर्दै कहाँ छौ भन्दै मोबाइलको टर्च लाइट बालेर घरबाट मलाई भेट्न आफै कोदो बारीमा आएकी हुन’ घटनाको दिन स्मरण गर्दे ती पुरुषले अदालतलाई भनेका छन्, ‘मैले हात मुख छोपी ल्याएको होइन । त्यसपछि सालसुले थाहा पाएपछि म त्यहाँबाट भागेको हुँ । ’ उनले अदालतमा परिवारको दबाबमा आएर जबरजस्ती करणी गर्न खोजेको भनेर जाहेर दिएको हुन सक्ने समेत जिकिर गरेका थिए । पुरुषले तीन वर्ष देखी नियमित फोन सम्पर्क हुने र सहमति शारिका सम्पर्क हुने गरेको बयान अदालतमा दिए पनि महिलाले भने असार २५ गते देखि मात्रै फोनमा कुरा हुन थालेको बताइन । ०८० भदौ ४ गते जिल्ला अदालत डोटीका न्यायधिश शिवलाल पाण्डेयको इजलासले पीडितले ‛वरदता भन्दा अगाडी पनि जाहेरवाला सँग पटक पटक फोन सम्पर्क भएको कल डिटेल देखिएको र वरदताको अवस्था, प्रकृतिलाई हेर्दा प्रतिवादी खगेन्द्र कुवरलाई पूर्व पक्ष गर्नु पर्ने नदेखिएको’ भन्दै २ लाख ५० हजार नगद धरौटमा छोड्न आदेश दियो । त्यसपछि ८० असोज १० गते न्यायधिश पाण्डेयकै इजलासले पीडित वायल ७० क माथि जबरजस्ती करणी उद्योग गरेको पुष्टि हुन नसकेको भन्दै सुरुको फैसला मै आरोपितलाई सफाइ दिए । सोही फैसला मार्फत सो मद्धा जबरजस्ती करणी उद्योग भित्र नपर्ने भन्दै यौन दुर्व्यवहारमा परिणत ग¥यो । पीडितले सपाई पाएपछि जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै वादी नेपाल सरकारले ‛जिल्ला अदालत दिपायलले प्रतिवादीलाई अभियोग मागवादीबाट सफाइ दिने गरी गरेको फैसला त्रुटिपूर्ण रहेको हुँदा बदर गरी प्रतिवादीलाई अभियोग दाबी बमोजिम सजाय गरिपाऊँ’ भन्दै उच्च अदालत दिपायलमा पुनरावेदन दियो ।

सोही पुनरावेदन अनुसार उच्च अदालत दिपायलले ०८० पौष १३ गते गरेको फैसलाले पुनः पुनरावेदनको जिकिर पुग्न नसकेको भन्दै सुरुको अदालतको फैसलालाई नै सदर ग¥यो । जबरजस्ती करणीको अभियोग पुष्टि हुन नसकेको भन्दै अदालतले यौन दुर्व्यवहारमा मुद्दा चलाइरहेको छ । महिला र उनका परिवार उक्त मुद्दामा पनि आफूहरूले न्याय नपाइने हो कि भन्ने चिन्तामा छन् । परिवार थप पीडित मुद्दामा आरोप लगाइएका पुरुषले वायल ७० (क) सँग पटक पटक सहमतिमा यौन सम्पर्क हुने गरेको भनेर दिएको बयानले परिवार भित्र थप समस्या सृजना भएको छ । अहिले ती महिला श्रीमान्बाट पनि तिरस्कृत हुन थालेकी छन् । ‛तिमिहरूको पहिला देखिनै शारीरिक सम्बन्ध हुने रहेछ । त्यसो भए त्यो छोरा पनि मेरो होइन । म तिमिहरूलाई कुनै हालतमा स्विकार्न सक्दैन । छोरो सहित घरबाट निस्किहाल भन्नु हुन्छ । उनी भन्छिन् अब म काहा जाऊँ । ’ परिवारमा सासू र देवरको मात्रै साथ पाएकी उनको समाजका अरू व्यक्तिहरूबाट आलोचना र चरित्र हत्या हुने गरि आरोप सुनिरहेको उनी बताउँछिन् । ‛वायल ७० ९क०’ माथि बलात्कारको प्रयास हुँदा उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा रहेका थिए । अहिले कानुनी लडाइ लडिरहेकी उनी श्रीमान्को साथ नपाउँदा थप कमजोर भएको बताउँछिन् ।

Copy link
Powered by Social Snap