शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला मात्र किन ?..यस्ता छन् शिक्षालयका थप विशेषता


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०८१ मा प्रकाशित     
शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला मात्र किन ?..यस्ता छन् शिक्षालयका थप विशेषता

महादेव गिरी संवाददाता

धनगढी बैशाख  ५ धनगढी शिवनगरमा रहेको चैतन्य पाठशाला आजको समय र शिक्षामा देखिएका अभावहरूको प्रत्याभूत परिपूर्तिका लागि स्थापित एक आधुनिक र पूर्ण स्कुल हो । आजको शिक्षाले पूर्ण मान्छे होइन मासिन र जागिरे उत्पादन गरिरहेको समयमा यो शिक्षालय मूल्यहरूसहितको एउटा संस्कारयुक्त मानव निर्माणका लागि निर्मित एउटा साधना–शिविर हो । एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधारहरु यस पाठशालमा छन् । थप, यसमा यी कुराहरु पनि छन्  ।

शिक्षालयका थप विशेषता

 हाम्रो सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा हो, जहाँ आफूसहित सम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाइन्छ ।

 हामी बौद्धिक समृद्धिका साथसाथै मूल्य र चरित्रको विकासमा जोड दिन्छौँ ।

 हाम्रा लागि शिक्षा जीवन मूल्यको बोध र विकास हो, फगत जागरिको सिढी होइन ।

 पूर्वीय ज्ञानपरस्परासँगै हामी विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा पनि विश्वास गर्छौं । हरेक कक्षामा स्मार्ट बोर्डको माध्यमबाट अध्यापन गराइन्छ। हामीलाई थाह छ, आज हामीबाट दीक्षित विद्यार्थीले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने छ, र ऊसँग हार्ने समय अब छैन ।

 यस विद्यालयमा विद्यार्थीका अगाडि आफूले थेग्नेभन्दा गरुँगो , अनावश्यक किताबको बोझले भरिएको झोला बोक्ने बाध्यता छैन ।

 समाज र समयसँग साक्षात्कार गर्नका लागि हामी विद्यार्थीलाई स्कुल हाताभन्दा बाहिर बजारमा, सडकमा, गाउँमा र बस्तीमा पठाइरहेका छौँ। जहाँबाट उनीहरूले देश र समयको वास्तविक अनुहार पनि पढ्नेछन् ।

 सङ्गीत, चित्रकला, नृत्य, सिर्जनात्मक लेखन र वक्तृत्व कला गरी पाँच भागमा विद्यार्थीलाई रुचीअनुसार वर्गीकरण गरि ती विधामा विद्यार्थीलाई पछिसम्म, दिगो र व्यावसायिक रूपमै उभिन सक्ने गरी प्रशिक्षित गराइदैछ। आफूलाई रुची नभए पनि भाग लिनुपर्ने बाध्यताको अन्त्य गरिने छ ।

 पाठशालाको आफ्नै फुट्शल रहेको छ। खेलकुद सकेसम्म सबैलाई अनिवार्य गरिने छ । यसबाट उनीहरूको स्वास्थ्य र शारीरिक विकासमा सकारात्मक प्रभाव पर्नेछ ।

No description available.

 शिक्षकहरूको दक्षताको अभिवृद्धिका लागि निरत्नर तालिम र अभिमुखीकरणको कार्यक्रम सञ्चालन भैरहेका छन् ।

 विद्यार्थीको विकासको सूचना स्कुलको बेबसाइटमा राखिने छ र अभिभावकहरूले आफ्ना छोराछोरीको विकासको सूचकाङ्क घरैबाट हेर्न, र त्यसको आधारमा स्कुलसँग परामर्श गर्न सक्नुहुने छ ।

 हाम्रो स्कुल हाताभित्र पूर्ण जैविक र विषदीरहित खानको विक्री वितरण गरिने छ । विषाक्त खानालाई पूर्ण रूपमा निरुत्साहित गरिने छ ।

 योग र ध्यानका कार्यक्रमहरू पनि यस शिक्षालयभित्र सञ्चालन गरिएका छन्।

 आवश्यक विद्यार्थीका लागि अतिरिक्त कक्षाहरूको व्यवस्था पनि गरिएको छ। दिवाकालिन होस्टेल र पूर्णकालिन होस्टेलको सुविधा पनि उपलब्ध छ।

 स्कुल हातालाई स्वच्छ र हरियालीयुक्त राख्नका लागि परिसरभित्रै वृक्षारोपण, बगैँचाको विकास र सरसफाइका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने छ, र यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिताको व्यवस्था मिलाइएको छ ।

 हाम्रो स्कुल मध्यम आर्थिक अवस्थाका परिवारका बालबालिकका लागि लक्षित रहेकोले यो सर्वशुलभ र मितव्ययी छ ।

स्कुल हातालाई स्वच्छ र हरियालीयुक्त राख्नका लागि परिसरभित्र वृक्षारोपण , बगैँचाको विकास र सरसफाइका कार्यक्रमहरु निरन्तर रुपमासञ्चालन गरिने छ , र यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिताको व्यवस्था मिलाइने छ । हाम्रो स्कुल मध्यम आर्थिक अवस्थाका परिवाका बालबालिका लागि लक्षित रहेकोले यो सर्वशुलभ र मितव्ययी छ ।

 

No photo description available.

Copy link
Powered by Social Snap