धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बाजुराको नाटेश्वरी मन्दिर


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०८१ मा प्रकाशित     
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बाजुराको नाटेश्वरी मन्दिर

महादेव गिरी संवाददाता

बाजुरा चैत्र ४, आज चैते दशैं । बिहानदेखि नै बाजुराको नाटेश्वरी कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिका मन्दिरमा पूजाअर्चना गर्ने को घुइँचो लागेको हो । हरेक वर्ष बाजुराको नाटेश्वरीमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले नाटेश्वरी कालिका मन्दीरको दर्शन गरे मनोकाँक्षा पुरा हुने बिस्वास गर्दै आएका छन् । समुन्द्री सतहबाट एक हजार ४ सय फिट उचाइमा अवस्थित यो मन्दिर बाजुराको त्रिवेणी नगरपालिका– ७ मा पर्छ। डेढ वर्षअघि ६ करोड रुपैयाँ लागतमा भव्य संरचनाहरूसहित मन्दिरको पुनर्निर्माण गरिएको छ। यहाँ मन्दिरबाहेक धर्मशाला, खानेपानीका धारा, मन्दिरसम्म पुग्ने सिँढी, मूल गेटसहित ठाउँ९ठाउँमा गेट र बलि चढाउने ठाउँको पनि निर्माण समेत गरिएको छ।

यस नाटेश्वरी कालिका मन्दीरमा भक्तजनको घुइँचो बढेपछि मन्दीरमा व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले अछाम,बाजुरा जिल्ला भित्रका टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बाजुरा नाटेश्वरीकालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

बाजुराको त्रिवेणी नगरपालिका बडीमालिका क्षेत्र भित्र प्रर्ने एक प्रसिद्ध शक्तिपीठ मध्य एक नाटेश्वरी कालिका मन्दिर हो । चैते दशैंमा हजारौँ भक्तजन आउने नाटेश्वरी व्यवस्थापन समितीले जानकारी दिए । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका आयोजक समीतिले बताए । यस मन्दिरमा आज चैते दशैको अबसरमा करिब दुई सय बोकाको बलि चढाइयको मन्दिर समितीले जानकारी दिए ।,

Copy link
Powered by Social Snap