कैलालीका एक युवाले हर्क साम्पाङलाई दिए बेल्चा उपहार


लेखक : सुन्दराञ्चल      बैशाख ४, २०८१ मा प्रकाशित     
कैलालीका एक युवाले हर्क साम्पाङलाई दिए बेल्चा उपहार

धनगढी : धनगढीका एक युवाले धरानका नगर प्रमुख हर्क साम्पाङलाई बेल्चा उपहार दिएका छन् । धनगढी उपमहानगरपालिका–११ का युवा सन्तोष खड्काले धरानमै पुगेर नगर प्रमुख साम्पाङलाई भेट्दै दुइटा बेल्चा उपहार दिएका हुन् ।

खड्काले उनको कार्यकक्षमै पुगी बेल्चा उपहार दिँदै श्रम संस्कृतिको विकासका लागि शुभकामना समेत दिए । साम्पाङको कामबाट आफू अत्याधिक प्रभावित भएको र उनले नेतृत्व गरिरहेको श्रमदान संस्कृतिमा थोरै भए पनि सहयोग गरेको खड्काले बताए । साम्पाङलाई सहयोग गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे । देश निर्माणमा भौतिक रुपमा सहयोग गर्न नसके पनि देश बनाउन लागिपरेका युवाहरुलाई सबैले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

Copy link
Powered by Social Snap