अछाम सेवा समितीको आयोजनामा पुतला खेल शिवनगर धनगढीमा


लेखक : सुन्दराञ्चल      बैशाख १, २०८१ मा प्रकाशित     
अछाम सेवा समितीको  आयोजनामा पुतला खेल  शिवनगर धनगढीमा

सुदुरपश्चिम प्रदेशमा मनाउने चाँड मध्यको को एउटा चाँड हो पुतला , यो पर्व विषेशत केहि जिल्लामा माघ महिना र आछाम जिल्लामा बैशाख संक्रान्तिमा मनाईने गर्दछ । पहाडि जिल्लाबाट बसाई सरेर तराई झरेका समुदायहरुले गाँउमा मनाउने पर्व तराईका जिल्लामा समेत मनाउने गरेकोछ । अछाम सेवा समितीको आयोजनामा धनगढीको शिवनगर स्थीत कार्यालयको प्रांगणमा पुतला खेल सुरु भएको छ । चैत्र २९ गते देखी सुरु भएको उक्त खेल भोली आईतबार समापन हुने आयोजक अछाम सेवा समितीका अध्यक्ष खडक बहादुर स्वाँरले जानकारी दिए । अछाम सेवा समितीले हरेक वर्ष पुतला खेलको आयोजना गदै आएकोछ । कला संस्कृतीको संरक्षणर नयाँ पुस्तालाई हाम्रा चाँडबाँडको बारेमा जानकारी दिने उदेश्यले अछाम सेवा समितीले अछाम जिल्लामा मनाउने हरेक चाँड पर्व तराँईका जिल्लामा समेत मनाउँदै आएको छ ।

Copy link
Powered by Social Snap