सुसासन दिगो बिकास र समृद्ध सुदूपश्चिम बिषयक प्रादेशिक सम्मेलन २०८० चैतन्यमा सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०८० मा प्रकाशित     
सुसासन दिगो बिकास र समृद्ध सुदूपश्चिम बिषयक प्रादेशिक सम्मेलन २०८० चैतन्यमा सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी चैत्र २८, धनगढीमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० एक कार्यक्रम गरी सम्पन्न भएको  छ । चैतन्य एकेडेमी नयाँवानेश्वर काठमाडौँबाट विगत दशकमा लामो समयदेखि देशको प्राथमिक एजेन्डाहरुमा सुशासन, दिगो विकास र समृद्धीलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना बिगतका दिनहरुमा पनि कार्यक्रम गर्दै आएको छ । यो ११औं शृङ्खला स्वरूप निजी क्षेत्रबाट थालनी गरिएको एउटा अभियान हो । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।

धनगढीमा भएको सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलनमा उनले विकासका लागि राजनीतिक इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए। स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए। ‘सत्तामा पुगेपछि पार्टी बनाउने, पार्टी जोगाउने कुरा हुन्छ, देश बनाउने कुरा हुँदैन,’ उनले भने, ‘पार्टी जोगाउनु भनेको योजना कार्यकर्तालाई दिनु हो।’

उनले उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेको बताए। ‘उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेका छन्। उपभोक्ता समितिमा एक करोडको योजना पाए ६० लाखमा ठेक्का दिने र ४० लाख खाने प्रवृत्ति छ,’ नगर प्रमुख हमालले भने, ‘धनगढीमा हामीले योजना ठेक्कामा लग्ने व्यवस्था गरेका छौँ।’

उपमहानगरमा भ्रष्टार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उनको भनाइ थियो। औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको उनले बताए।

सुदूरपश्चिम कर्णालीभन्दा पनि बढी गरिबीको अवस्थामा पुगेको उनले बताए। गरिबी निवारणमा शिक्षा र स्वास्थ्यको विकास महत्वपूर्ण रहेको उनले धारणा राखे। सरकारी अस्पतालमा स्तरीय सुविधा नहुँदा बिरामी परेपछि घरजग्गा बेचेर निजी अस्पतालमा महँगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यता गरिबी बढ्नुको एउटा कारण रहेको हमालको भनाइ छ।

No description available.

एउटा पनि औद्योगिक क्षेत्र र मेडिकल कलेज नभएको प्रदेश सुदूरपश्चिम मात्र रहेको उनले बताए। सुदूरपश्चिममा के गर्ने भनेर संघले निर्क्योल गरिदिनुपर्ने उनले बताए। ‘पर्यटन, उद्योगधन्दा, कृषिमा के गर्ने भनेर निर्क्योल गर्नुपर्छ, अब एक प्रदेश एक उत्पादनको अवधारणामा जानुपर्छ,’ हमालले भने, ‘हामीसँग स्रोतसाधनको होइन, इच्छाशक्तिको कमी भएको मेयर हमाले बताए ।’ त्येस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा। हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए।

‘बनवासाको पुलमा गएर हेरे हुन्छ, ८० वर्षको बुढो र बालक कामका लागि भारत जाँदै गरेको देखिन्छ। उनीहरूका बाजे पुस्ता पनि उतै जान्थे,’ डा. पन्तले भने, ‘म कैलाली क्याम्पसमा ४० वर्षदेखि पढाइरहेको छु। त्यतिवेला क्याम्पस जाँदा दाउराको भारी बोकिरहेका मान्छेहरू बाटोमा भेटिन्थे, अहिले क्याम्पस जाँदा पनि त्यही देख्छु। जनताको अवस्था उस्तै छ उनले बताए । ’चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले, हामी हरेक व्यक्ति जुन ठाउमा छौं हरेकले सुशासन गरिराका छैनौं सरकार यका तिर समाज, यका तिर ,राष्ट्र यकातिर भयो यसले गर्दा काम गर्ने व्यक्तिले राम्रो संग काम नगरेको उनले बताए ।

No description available.

सुसानको लागि सबै पक्ष यक हुन आबसेक रहेको बताए । सुशानमा सबै को सम्मान हुनुपर्छ दिगो, बिकास हुनुपर्छ ,घर घर जनताका आवाज सदनमा कुरा गर्नु प्रर्छ यहाँ हाम्रो समाज समग्र देशमा त्यसैले पछडेपन परेको उनले बताए । त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सुसान अपूर्ण छ यो काम राज्य का हरेक निकायले यस्ता बहसका कार्यक्रम गर्ने हो तर गरेको छैन तर यक बिध्यालयले बिशिस्ट व्यक्ति हरुलाई यकै ठाउँमा जुराउन भनेको यो भाग्यको खेलमान्नु प्रर्छ यस्ता कामहरु हरेक संध संस्थाले सरकार वालाले मनन गर्नु प्रर्ने दिन आयको अन बताए । चैतन्य पाठशाला बाट राज्यल पनि सिको गर्ने दिन आयको उनले बताए। चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा। तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्साल पत्रकार ,समाजिक अभियान्ता, बिशिष्ट व्यक्तmी लगायत सामाजिक, राजनीतिकलगायत क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा छन्।

चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्दत पुर्‍याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको उनले बताए। जोशीले कार्यक्रममा बोल्दै विशेष गरी समृद्धिको, सुशासनको, दिगो विकासको यात्रामा सुदूरपश्चिमलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको चिन्तन गरिने जानकारी दिए ।

Copy link
Powered by Social Snap