१९ चैत, काठमाडौं , गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।
विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।
महिनाभरिमा ३५ हजार ६६ जना पुरुष र ४ हजार ८४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।