रानाथारुको होलीको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०८० मा प्रकाशित     
रानाथारुको होलीको अवसरमा आज सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी चैत्र १९, सुदूरपश्चिममा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो । चैत १९ गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले बताए ।

उनका अनुसार प्रदेशभर आज सोमबार बिदा रहने छ । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होलीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

 

Copy link
Powered by Social Snap