नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको १५ औं बार्षिक साधारणसभा सम्पन्न


लेखक : सुन्दराञ्चल      चैत्र १०, २०८० मा प्रकाशित     
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको १५ औं बार्षिक साधारणसभा सम्पन्न

धनगढी १० चैत्र, धनगढी कैलाली, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष भिम पडालको सभापतित्वमा भएको सभामा संघका निवर्तमान केन्दिय अध्यक्ष संजय कुमार चौधरी प्रमुख अतिथी रहेका थिए । बैंकहरुको चर्को व्याज दर, व्यापारमा आएको मन्दी र विद्यार्थीहरुको शैक्षिक पलायनको मारमा पुस्तक व्यवसायीले भोग्नुपरेको कठिन परिस्थितिमा महासंघको केन्द्रीय नेतृत्व गर्ने चुनौतीपूर्ण समय पार भएको भन्दै निवर्तमान केन्द्रीय अध्यक्ष चौधरीले समयसापेक्ष प्रविधिको उपयोग सहि व्यवसाय गर्नु पर्ने आवश्यकता रहेको बताए ।

हाल जनक शिक्षा सामाग्री केन्द्र र निजी विद्यालय तहको पाठ्य पुस्तकको बिक्री भन्दा बाहिर अनलाईन व्यापार व्यावसायलाई जोड्न आवश्यक रहेको बताए। विशिष्ट अतिथि महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष श्याम पाठकले जनक शिक्षा सामाग्री केन्द्रमा सम्पुर्ण पुस्तक उपलब्ध गराउन पहल भैरहेको बताए । संघका कैलालीका वरिष्ठ उपाध्यक्ष नर बहादुर नेगीले स्वागत गरेको सभामा अग्रज व्यवसायी पवन पुस्तक भण्डारका संचालक वेद प्रकाश चुवाईले सबै पुस्तक व्यवसायीले संगठित भएर मित्रता पुर्ण एकता हुन आवश्यक रहेको बताउनुभएको थियो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुदुरपश्चिमका निवर्तमान अध्यक्ष मेखराज दाहाल, महासंघका केन्द्रीय सचिव तथा युवा व्यवसायी शम्भु लामिछाने शुभकामना मन्तव्य राख्नु भएको थियो । “गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, निति निर्माणमा पहुँच, साङ्गठनिक आधार” नाराका साथ गरिएको साधारण सभामा संघका महासचिब सुनिल ओझाले संघले एक बर्षमा गरेका कार्य प्रगती सहितको सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष गिता अधिकारीले आर्थिक प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। एन प्याब्सन कैलालीका अध्यक्ष ललित साउद पुस्तक व्यवसायीले समयमै पुस्तक प्रकाशन तथा उपलब्ध गराएर शैक्षिक क्षेत्रमा महत्वपूर्ण भुमिका रहेको बताउनुभएको थियो ।

प्याब्सन कैलाली अध्यक्ष टोपेन्द्र शाहले निजी तथा आवासीय विद्यालय र पुस्तक व्यवसाय एक अर्काको परिपूरक रहेको भन्दै प्रकाशक गृह र विद्यालय पुलको माध्यम बनेको बताउनुभएको छ । लोक कल्याणकारी कोषको स्थापना तथा २०८१ कार्तिक ३० गते देखि मंसिर ४ गते सम्म बृहत् पुस्तक प्रदर्शनी मेलाको आयोजना गर्ने तयारीमा जिल्ला संघ रहेको जिल्ला अध्यक्ष भिम पडालले जानकारी दिनुभएको छ । सो अवसरमा संघमा आबद्ध पुस्तक व्यवसायीहरुलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । संघमा १५१ जना व्यवसायी आबद्ध रहेका छन् ।No description available.

Copy link
Powered by Social Snap