तिम्रो मायामा बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन


लेखक : सुन्दराञ्चल      चैत्र ७, २०८० मा प्रकाशित     
तिम्रो मायामा बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन

धनगढी चैत्र ७, तिम्रो मायामा बिर बोहराको म्यूजिक भिडीयो आज बिमोचन भएको छ । धनगढीमा आज बुधवार पत्रकार सम्वेलन गर्दै उक्त म्यूजिक भिडीयो बिमोचन गरेको हो । सुदुरपश्चिम प्रदेश देउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीले म्यूजिक भिडीयोको बिमोचन गरेका हुन् । कैलालीको चुरे गाउँपालीकामा रहेको पर्यटकिय स्थल गर्भादरबारको प्रचार प्रसार गर्न र पुरात्वातिक सम्पदाका संरक्षण गर्न सो क्षेत्रको बिषयबस्तु समेटेर छायाङ्कन गरि म्यूजिक भिडीयो निर्माण गरिएको निर्माणपक्षका सुरेन्द्र संगमले बताए । उक्त म्युजिक भिडियोमा कलकार बिर बोहरा र गंगा साउदले अभिनय गरेका छन् ।

शब्द, संगित तथा स्वर सिपी परियारको रहेको छ । भिडियो निर्देशन अनमोल बिसीको छ । एरेन्ज, सुमन केसी, मिक्सिङ÷मास्टरिङः– विशाल निरौला, स्टुडियोः–अलंकार रेकर्डिङ, रंग अमित बिके,सम्पादन छायांकन प्रकाश विश्वकर्मा, डाइरेक्सन पारस बीसीको रहेको छ । करिब ७० हजारको लगानीमा बनेको म्यूजिक भिडीयोले प्रेम गित झल्काए पनि गितको मुल भाव गरबा दरबारलाई जोडेको जनाएको छ । गर्भा दरबार सुदूरश्चिमको पर्यटन गन्त्ब्यको आर्कषणको मुख्य केन्द्र रहेको म्यूजिक भिडीयोको अपेक्षा छ । जसकारण सुदूरश्चिम प्रदेशको पर्यटनलाई प्रदेशमा मात्र नभई बिश्व सामु झल्काउने उद्येश्य रहेको आयोजक पक्षको भनाई छ ।

प्रेम गित झल्काए पनि यो गितको मुल भाव गरबादरबारलाई सुदूरश्चिको पर्यटनलाई बिश्व सामो झल्काउने उद्येश्य रहेको आयोजले बताए । कार्यक्रम बिर बोहरा को अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश देउडा  प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबाहादुर बोगटी रहेका थिए । कार्यक्रममा हास्कलाकार सौगात ओझा ,पत्रकार,बिभिन्न ओधाका बिशिष्ठ व्यक्ति रहेका थिए । कार्यक्रमको सहजिकरण प्रेम विवश  चन्दले गरेका थिए  ।

No description available.

Copy link
Powered by Social Snap