धनगढीको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८० मा प्रकाशित     
धनगढीको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी फागुन २४, धनगढी उप.महानगरपालिका वडा नम्बर ८ ।मा रहेको एरिष्टो ईङ्गलिस बोडिङ स्कुलको वार्षिकोत्सव तथा अभिभावक दिवस आज बिहीबार एक कार्यक्रम गरी सम्पन्न भएको छ । विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी ३१औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ ।स्कुलका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीको सभापतित्वमा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख भिम बहादुर भण्डारी रहेका थिए । प्रमुख अतिथि भण्डारीले स्कुललाई उन्नति र प्रगतीको शुभकामना दिदै आजको युग भनेको प्रतीसप्रर्धाको युग हो निजी बिद्यालय होस वा सरकारी बिद्यालय यसलाई तुलनात्मक ढंगबाट अगाडी बढाउन जरुरी रहेको सभामुख भिम बहादुर भण्डारीले बताए ।

विद्यालयले ३१औं वार्षिकोउत्सवकोे अवसरमा खेलाउदै आइरहेको खेलहरुमा विद्यालयमा अध्ययनरत एवम् खेलकुदमा सहभागी प्रथम, दोस्रो र तेस्रो विद्यार्थीहरु लगायत अनुशासन, भाषा, कला, स्वच्छता जस्ता उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको थियो ।

वार्षिकोत्सवको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रोचक नृत्य, गीत, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत झल्काएका थिए । वि।स २०४९साल स्थापना भएको विद्यालयमा हाल नर्सरी कक्षा देखि १० सम्म पठनपाठन गराउँदै आइरहेको छ । साथै स्थापनाकालदेखि विद्यार्थीको संख्या मात्र नभएर गुणस्तरिय शिक्षामा जोड दिदै आइरहेको विद्यालयमा एक हजार आठ सय भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक हरी बुढाथोकी क्षेत्रीले बताए । कार्यक्रममा ,बिद्यालयका प्रधानाध्यापक, शिक्षक,शिक्षिका, पत्रकार विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, अभिभावकहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

No description available.

Copy link
Powered by Social Snap