विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणबाट अझै छुटेन


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०८० मा प्रकाशित     
विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणबाट अझै छुटेन

२२ फागुन / बैतडीका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणबाट अझै छुटेका छैनन् । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ घर भइ हाल कञ्चनपुर बस्दै आएका जोशी पाँच महिना पुग्नै लाग्दा समेत नछुटेका हुन् ।

नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको युद्धविराममा विपिन छुटेनन्। त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए ।

हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो । पछि अस्थायी युद्धविरामका क्रममा केहीलाई मुक्त गरे पनि विपीन अझै हमासको नियन्त्रणमा रहेका अनुमान छ। नेपालले यो बीचमा बैतडीको दोगडाकेदार गाउँपालिका –१ रीम मूल घर भई हाल कञ्चनपुर बस्दै आएका विपिन जोशीको रिहाइका लागि केही प्रयास गरे पनि अवस्था अझै थाहा हुन सकेको छैन । इजरायल र हमासबिचमा गत नोभेम्बरमा भएको संघर्षविरामका क्रममा हमासले नियन्त्रणमा लिएका १ सय १० बन्दी रिहा गरेपनि विपिनलाइृ अहिले सम्म छाडिएको छैन् ।

इजरायली थाइल्यान्ड र फिलिपिन्सका नागरिकलाई समेत रिहा गरेको थियो। विपिनका परिवारले उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन आफैँ र सरोकारवाला निकायमार्फत नेपाल सरकारलाई निरन्तर दबाब दिँदै आएका छन्। इजरायल र हमासबिच फेरि युद्धविराम होला र छोरा फर्केलान् भन्ने आशामा परिवार बाटो हेरिरहेका छन्। युद्धविरामका बेला अन्य मुलुकका नागरिक छुट्दा पनि विपिन जोशी नछुट्नुले नेपालको कूटनीतिक क्षमतामाथि नै प्रश्न उठेको छ।

Copy link
Powered by Social Snap