ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम


लेखक : सुन्दराञ्चल      फाल्गुन ५, २०८० मा प्रकाशित     
ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम

धनगढी फागुन ५, धनगढीमा रहेको ग्यालेक्सी मल्टिपल कलेजले आयोजना गरेको ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा ग्यालेक्सी माध्यामिक विद्यालय प्रथम भएको छ । आज शनिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको ग्यालेक्सी मल्टिपल कलेजमा सम्पन्न विद्यालय स्तरिय बिजनेस हाजिरीजबाफ प्रतियोगितामा नास्ट माध्यामिक विद्यालय द्धितीय र ऐश्‍वर्य विद्या निकेतन तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

माध्यामिक तहका कक्षा ११ र १२ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराइ आयोजना गरिएको बिजनेस हाजिरीजबाफ प्रतियोगितामा धनगढीका ७ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुमा ग्यालेक्सी माध्यामिक विद्यालय,नाष्ट माध्यामिक विद्यालय,धनगढी माध्यामिक विद्यालय, एलायन्स स्कुल,त्रिनगर माध्यामिक विद्यालय,ऐश्वर्य विद्या निकेतन र सुदूरपश्चिमाञ्चल एकेडेमी रहेका थिए ।

ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगिताको विजेता ग्यालेक्सी माध्यामिक विद्यालयले ७ हजार प्राप्त गरेको छ ।भने द्धितीय स्थान प्राप्त गर्न सफल नास्ट कलेजले ५ हजार र तृतीय ऐश्वर्य विद्या निकेतनले ३ हजार प्राप्त गरेको छ । विजेताहरूलाई ग्यालेक्सी माध्यामिक विद्यालयको वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।

व्यवस्थापन संकायका विद्यार्थीसँग सम्बन्धित बिजनेस हाजिरीजबाफमा विद्यार्थीले हासिल गरेको ज्ञानलाई परिक्षण र संस्थागत गर्न बिजनेस हाजिरीजबाफ प्रतियोगिता आयोजना गरिएको ग्यालेक्सी कलेजका रिसर्च हेड दिनेश पौडेलले बताए ।

ग्यालेक्सी बिजनेस हाजिरीजबाफ प्रतियोगितामा सहभागि विद्यार्थीहरुले फरक शैलीको प्रतियोगिता भएको बताएका छन् । उनीहरुले यस प्रतियोगितामा हार जित भन्दा पनि व्यावहारिक रुपमा धेरै ज्ञान सिकिएको र कसरी पढ्ने,के के पढ्ने र केका लागि पढ्ने भन्ने बिषयमा धेरै कुरा सिकिएको बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि वि।स २०७९ सालमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा स्थापना भएको ग्यालेक्सी मल्टिपल कलेजमा व्यवस्थापन संकायको बिबिएस कार्यक्रम संचालन भइरहेको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानको साथै टेक्निकल सिपहरु सिकाउँदै बिबिएस कार्यक्रमलाई बिबिए मोडेलमा अध्यापन गराउने र विद्यार्थी पढिसकेपछि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि दक्ष बनाउने कलेजको उद्देश्य रहेको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap