पाठशालामा चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट आज अन्तरिक्षमा अवलोकन गरियो ..


लेखक : सुन्दराञ्चल      माघ १९, २०८० मा प्रकाशित     
पाठशालामा चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट आज अन्तरिक्षमा अवलोकन गरियो ..

माघ १९, धनगढी , धनगढी वडा नम्बर–५ शिवनगरस्थीत चैतन्य पाठशालामा सञ्चालन भैरहेको चैतन्य स्ट्रिम वर्कसपमा टेलिस्कोपबाट अन्तरिक्षमा अवलोकन गरिएको छ ।

यही माघ १६ गते उद्दघाटन भएको स्टिम वर्कशप २०८० मा सबै विधाहरूमा ओरिन्टेसन र विभिन्न क्याम्पहरु निर्माण गरी उड्डयनमा विमान बनाउने देखि उडाउने परिक्षण गरिएको हो । यस्तै विभिन्न प्रोग्रामिङ का कक्षाहरू सञ्चालन गरिएका छन् । भोलि शनिबार पनि निरन्तर क्याम्प संचालन हुनेछन् ।

कार्यक्रम संयोजक बिन्दास बमका अनुसार रोबोटिक्स र सेटेलाइट क्याम्पमा काम अगाडि बढिरहेको छ। चैतन्य पाठशाला साइन्स र रोवोटिस विभागका विद्यार्थीहरुको आयोजनामा माघ १६ देखी २२ गतेसम्म स्ट्रिम वर्कसप सञ्चालन भैरहेको छ ।
स्ट्रिम वर्कसप कार्यक्रममा विभिन्न ११ ओटा विद्यामा एक हप्तासम्म वर्कसप कक्षा चलाउने र महत्वपूर्ण आकर्षणको रूपमा रिमोट कन्ट्रोलबाट प्लेन पनि उडाउने योजना छ ।

 

No description available.

 

यस्तै कार्यक्रमका आकर्षणका रूपमा कृत्रिम बुद्धिमत्ता शिविर, रकेट विज्ञान शिविर, खगोल विज्ञान शिविर रहने छन् । यस्तै रोबोटिक्स शिविर, उड्डयन शिविर, उपग्रह शिविर, ड्रोन प्रदर्शन, भौतिक विज्ञानको जादु, रोमाञ्चक पुरस्कार सँग खेल सिकाई, वैज्ञानिक हार्डवेयर प्रदर्शनी ९टेलिस्कोप, थ्रिडी प्रिन्टर, रकेट० रहने छन् । चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमता वान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य रहेको बताएका छन् ।

 

No description available.

Copy link
Powered by Social Snap