धनगढीमा चलचित्र काँडेतारको च्यारिटी शो माघ २० गते हुने


लेखक : सुन्दराञ्चल      माघ १५, २०८० मा प्रकाशित     
धनगढीमा चलचित्र काँडेतारको च्यारिटी  शो माघ २० गते हुने

धनगढी , १५ माघ / धनगढीमा माघ २० गते काँडेतार चलचित्रको च्यारिटी शो हुने भएको छ । राष्ट्रवादको भावनाले ओतप्रोत भएको चलचित्र काँडेतारको च्यारिटी शो धनगढीमा रहेको एसटिएस सिनेमा हलमा हुने चलचित्र निर्माताहरुले बताए ।

सोमबार धनगढीमा चलचित्र पत्रकार संघ सुदूरपश्चिमको आयोजनमा पत्रकार सम्मेलन गरि काँडेतारका निर्माताहरुले उक्त कुराको जानकारी दिए। निर्माता÷निर्देशक नबल खड्काले सिनेमाको कथा रास्ट्रभक्तीमा आधारीत रहेको बताए । काँडेतार चलचित्रमा नेपालीले छिमेकि राष्ट्रहरुबाट भुमि अतिक्रमण, सिमा विवाद, खुला सिमानाकाबाट भोग्नुपरेको समस्या चित्रण गरिएको कथानक प्रस्तुत गरिएको बताए ।

अब एक एक युवा शक्तिले विदेशी चलचित्रलाई बहिष्कार गरेर पनि राष्ट्रियता बचाउने बेला आएको बताए । काँडेतार चलचित्रले साच्चिकै काडेतारकै काम गनेमा आफु विश्वस्थ रहेको बताए ।

काँडेतार चलचित्र निर्माण गर्न ४ करोड जति लागत लागेको बताउँदै आउदो फाल्गुन २५ गतेबाट सर्वसाधरणको लागि पनि खुला गरिने बताए ।

धनगढीमा च्यारिटी शोबाट उठेको रकम सिमानामा मारिएका सहिद गोबिन्द गौतम को परिवारलाई सहयोग गरिने उनले बताए । कञ्चनपुरको पुनर्वास नगरपालि वडा नं ४ का सहिद गोविन्द गौतमको देशको सीमा रक्षाका क्रममा ज्यान गएको थियो । २०७३ फाल्गुन २६ गते स्थानीय कारगिल डाँडा नजिकै कल्भर्ट निर्माणका क्रममा भएको विवादपछि भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’को गोली लागेर उनको ज्यान गएको थियो ।

Copy link
Powered by Social Snap