९ भन्दा बढी हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८० मा प्रकाशित     
९ भन्दा बढी हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

 काठमाडौं ११ वैशाख, । राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्षमा करिव साढे ९ हजार कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ ।केन्द्रले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्पत्ति विवरणसम्बन्धी प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ९ हजार ५९० कर्मचारी र सार्वजनिक पदमा रहेकाहरुले आफ्नो सम्पत्ति विवरण नबुझाएको उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पदमा रहेकाहरुले तोकिएको आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाए ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।

सम्पत्ति विवरण नबुझाउने कर्मचारीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुमान गरी अख्तियारले छानबिन गर्न पाउने व्यवस्था समेत छ ।

यो व्यवस्था अनुसार अख्तियारले सम्पत्ति विवरण नबुझाउने कर्मचारीहरुबाट मात्रै ४ करोड ७९ लाख रुपैयाँ जरिवाना उठाउनेछ ।

सतर्कता केन्द्रले अघिल्लो आर्थिक वर्षको तुलनामा सम्पत्ति विवरण बुझाउनेहरुको संख्या र प्रतिशत बढेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष करिव साढे १५ हजार कर्मचारीहरुले सम्पत्ति विवरण बुझाएका थिएनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap