८० बर्षीय वृद्धले धुमधामका साथ गरे विवाह


लेखक : सुन्दराञ्चल      माघ ६, २०८० मा प्रकाशित     
८० बर्षीय वृद्धले धुमधामका साथ गरे विवाह

माघ ६, दार्चुलामा पनाती पाइसकेका एक दम्पत्तीले बुढेसकालमा धुमधाम संग विवाह गरेका छन । जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ मज्जे बस्ने राइसिंह धामी र बिन्दु धामीले बुढेसकालमा धुमधाम संग बिहे गरेका हुन् । पनाती समेत पाइसकेका राइसिंह र बिन्दुले गाउँमै बुढेसकालमा धुमधामसंग बिहे गरेका छन् । दुलाहा राइसिंहले दुलही बिन्दुलाई सिन्दुर पोते लगाउनुका साथै यज्ञपरिक्रमासहित सबै विधि पुरा गरेर शुक्रबार घरभित्र साँस्कृतिक परम्परासहित बिहे गरेका जनाएको छ ।

शुक्रबार बिहे गरेका धामी दम्पत्तीको परिवारमा ३ छोरा बुहारी, ४ छोरी, ५ नाती, ४ नातनी, ३ नातनी, बुहारी, ४ पनाती र ३ पनातनी गरि जम्मा ३१ जना सदस्य रहेको बेहुला बाजेका नाती भगतसिंह धामीले जानकारी दिए । बेहुला (दुलाहा) राइसिंह धामीलाई ८० वर्ष र बेहुली (दुलही) बिन्दु धामीलाई ७० वर्ष उमेर पुगेको छ । दुबै जनाले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap