४ लाख ७१ हजार नेपाली ८ महिनामा रोजगारीका लागि विदेशिए….


लेखक : सुन्दराञ्चल      चैत्र १९, २०८० मा प्रकाशित     
४ लाख ७१ हजार नेपाली ८ महिनामा रोजगारीका लागि विदेशिए….

१९ चैत, काठमाडौं , गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।

फागुन महिनामा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना र  जापानमा१ हजार ३६० जना रोजगारीका लागि पुगेका छन् । बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९,  दक्षिणकोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना श्रमका लागि उडेका छन् ।

महिनाभरिमा ३५ हजार ६६ जना पुरुष र ४ हजार ८४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

चालु आर्थिक वर्षको माघ महिनासम्म ७ महिनाको अवधिमा नेपालले  विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब पुगिसकेकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap