३ जना सहित देशभरका १२ जना प्रहरी जवान सम्पर्कमा विहिन


लेखक : सुन्दराञ्चल      फाल्गुन १०, २०७८ मा प्रकाशित     
३ जना सहित देशभरका १२ जना प्रहरी जवान सम्पर्कमा विहिन

फागुन १० सुदूरपश्चिम प्रदेशका ३ जना सहित देशभरका १२ जना प्रहरी जवान सम्पर्कमा विहिन बनेका छन् । उनीहरु सम्पर्कमा नरहेपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा छन् ।

यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap