३८०० मतगणनामा कस्ले मार्ला बाजि ?नवजीवन सहकारीको नयाँ नेतृत्व चयनका लागि


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०७८ मा प्रकाशित     
३८०० मतगणनामा कस्ले मार्ला बाजि ?नवजीवन सहकारीको नयाँ नेतृत्व चयनका लागि

धनगढी फागुन २९। नवजीवन सहकारी संस्था धनगढीको २८औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिवार सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ ।सहकारी संस्थामा कुल२९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

हिजो रातीबाट मतगणना सुरु भएको थियो भने। हाल सम्म ३८ सय मतगणना भईसकेको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले जानकारी दिए ।

सहकारीको नेतृत्वको लागि देव बहादुर बम र रतन कठायत चुनावी मैदानमा उत्रिएका थिए । प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार हाल सम्मको मतगणनामा बमले १९७७ मत पाएका छन् भने र कठायतले १४४२ मत पाएका छन् ।दुवै टीमले आ आफ्ना एजेण्डा सहित चुनावी मैदानमा होमिएका थिए । बमको प्यानलले नवजीवन सहकारीको विकास, सेयर सदस्यको हकहित, सामाजिक क्षेत्रमा लगानी र कर्मचारीको हकहित सहितका एजेण्डा अगाडि सारेको छ। भने

बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्। यस्तै उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।

अध्यक्ष पदका उम्मेदवार कठायतको प्यानलले नवजीवन सहकारीलाई थप व्यवस्थित र पूर्ण प्रविधिमैत्री बनाउने, पूराना र अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र सहकारी विद्यालय सञ्चालन गर्ने एजेण्डा अगाडि सारेको छ।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवारी दिएका छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।

कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।

बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्। नवजीवन सहकारी २०५० सालमा स्थापना भएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap