१ महिने चुनावी अभियान सुरु


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०७८ मा प्रकाशित     
१ महिने चुनावी अभियान सुरु

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आइतबारदेखि १ महिने चुनावी अभियान सुरु गर्दैछ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुदैछ ।
जिल्लामा जिल्लास्तरीय उद्घाटनसभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् ।

अभियानका दौरान कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ । कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल(टोलमा अन्तरक्रिया कार्यक्रमहरु हुने बताइएको छ । त्यस्तै कांग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरुलाई प्रशिक्षणसमेत दिनेछ ।

अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिहरु सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्नेछन् । १ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ । कांग्रेसले आगामि स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ ।

कांग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरु तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेका छन् । गत पुसको अन्तिम साता १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठनविस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap