१३ घण्टासम्म कसैले मद्दत गरेनन्,डुंगा डुबेको सबैलाई थाहा थियो,


लेखक : सुन्दराञ्चल      असार १७, २०८० मा प्रकाशित     
१३ घण्टासम्म कसैले मद्दत गरेनन्,डुंगा डुबेको सबैलाई थाहा थियो,

असार १७ ,हवाइदेखि समुन्द्री इलाकासम्म, रेडियो सेटदेखि राडारसम्म सबैतिर आप्रवासी सवार डुंगामा देखिएको खराबीबारे खबर सञ्चार भएको थियो । अधिकारीहरूले १३ घण्टासम्म सुनिरहे तर समयमै मद्दत नगर्दा एड्रिआना जहाज समुन्द्रमा पल्टिँदा भयानक मानवीय क्षति भयो ।

जहाजमा खराबी आउनेबित्तिकै अत्तालिएका यात्रुहरूले सहयोगका लागि तारन्तार खबर गरे ।अधिकारीहरूले उद्दारका लागि टोली आउने आश्वासन दिइरहे । हवाइ फुटेज नियालेका युरोपेली सीमाका अधिकारीहरू वीरतापूर्ण उद्दार अपरेशन हुनेमा निश्चिन्त थिए ।

उनीहरूले नियाल्दा नियाल्दै गत महिना एड्रियाना जहाज डुब्दा ६ सय बढी आप्रवासीले ज्यान गुमाए । यो दुर्घटनाले सबैभन्दा घातक आप्रवासी मार्ग पनि स्तब्ध बन्यो ।

भू-उपग्रहबाट प्राप्त तस्वीर, शिलबन्दी गरेर अदालतमा पेश गरिएका दस्तावेज र घटनामा बाँच्न सफल २० जनासँगको अन्तर्वार्ताबाट बुझ्न सकिन्छ कि समयमै उद्दार हुन्थ्यो भने भयानक मानवीय क्षति टर्ने थियो ।

दर्जनौं अधिकारी र तट रक्षकले एड्रिआनाको निरीक्षण गर्दासमेत ग्रिस सरकारले त्यो अवस्थालाई कानुनी पाटोबाट मात्रै हेर्योन । उसले उद्दारको कुनै पहल गरेको देखिएन । यस्तो अवस्थामा मानवीय सहायताका लागि अस्पताल सुविधाको जहाज र विशेष उद्दारकर्मी पठाउनुपर्नेमा मास्कधारी तटरक्षक त्यहाँ पुगेको खुलेको छ ।

ग्रिसका अधिकारीहरूले एड्रिआना इटालीतर्फ अघि बढिरहेको जिकिर बारम्बार गरिरहे । आप्रवासीहरूले उद्दारको कुनै चाहना नराखेको सूचना ती अधिकारीहरूले प्रवाह गरिरहे । तर सिग्नल ट्र्याक गर्दा र भू-उपग्रहका तस्वीर हेर्दा साढे ६ घण्टासम्म एड्रिआना एकै इलाका वरपर बगिरहेको थियो ।

घटनामा बाँचेकाहरूले दर्दनाक बयान दिए । उनीहरूका अनुसार जहाजको माथिल्लो भागमा रहेका यात्रुहरूले सहयोगको याचना गरिरहेका थिए । त्यही क्रममा त्यहाँ आएको ट्यांकरलाई रोकेर उनीहरूले पानी मागे र केहीले त्यसमा हामफाल्ने प्रयत्न पनि गरेका थिए । ७ सय ५० यात्रु बोकेको एड्रिआनामा सर्वत्र त्रासदी थियो । हरेक पल जहाज डुब्ने त्रासमा यात्रुहरू थिए । जहाज डुब्ने निश्चित हुँदा पनि उनीहरू आउँदै नआएको उद्दारको पर्खाइमा रहिरहे ।

एड्रिआनाको डुबामा भूमध्य सागरमा लामो समयदेखि देखिएको अवरोध हो । निर्दयी तस्करहरू मानिसहरूलाई निकै कमसल जहाजमा खाद्छन् । जोखिम जान्दा जान्दै पनि केही भइहालेमा सुरक्षित हुनेमा यात्रु आशावादी हुन्छन् ।

युरोपेली तट रक्षकहरू केही दुर्घटना देखेमा उद्दारको गतिविधिमा ढिलाइ गर्छन् । द्रुत उद्दार हुँदा तस्करको मनोबल बढ्ने र उनीहरूले आफ्ना गतिविधि झन् बढाउने उनीहरूको बुझाइ छ । बामपन्थीतर्फ ढल्किएको युरोपेली राजनीतिमा आप्रवासी जहाज जति धेरै आयो त्यतिनै राजनीति गर्माउने चिन्ता छ ।

त्यसैले, यात्रुले जतिसुकै उद्दारका लागि हारगुहार गरेपनि युरोपेली उद्दारकहरूले जहाजको कप्तानको निर्णयलाई नै अन्तिम मान्छन् । त्यस जहाजका २२ वर्षीय कप्तानले इटलीतर्फ जान चाहेको बताएको अधिकारीहरूले बताएका छन् । तस्करहरूले गन्तव्यमा पुगेपछि मात्रै कप्तानलाई पैसा दिने भएकाले उनीहरू पनि गन्तव्यतर्फनै पुग्न सकेसम्म बल गर्छन् ।

 

ग्रिसको सामुन्द्रिक मामिला मन्त्रालयले यस घटनाको अनुसन्धान जारी रहेकाले विस्तृत उत्तर दिन असमर्थ रहेको बताएको छ । जहाज डुबेको दृश्य धमिलो रहेको ग्रिसका अधिकारीहरूले बताएका छन् ।

ग्रिसका प्रधानमन्त्री क्रियाकोस मितोताकिसले आफ्नो तटरक्षकको आलोचनाको बचाऊ गरेका छन् । यो आलोचना अनुचित भएको उनको जिकिर छ ।

आप्रवासीमाथि कडा रहेको ग्रिसमाथि कुनै कदम नचालिएको भन्दै युरोपेली संघको पनि आलोचना भइरहेको छ । ग्रिसमा मानव तस्करमा संलग्न रहेको र एड्रिआन डुबानको घटनामा पनि जोडिएको भन्दै दुर्घटनामा बाँचेका इजिप्टका ९ जना नागरिकलाई पक्राउ गरिएको छ । ती ९ मध्ये केहीले बाँकी यात्रुलाई यातना दिएको कतिपयले बयान दिएका छन् भने केहीले कम्तीमा पनि एक जनाबाट ४ हजार डलर लिएको बयान दिएका छन् ।

३० लाख ५० हजार डलर संकलन गरेपछि एड्रिआनामा कोचेर उनीहरूलाई युरोप छिराउने दाउमा तस्करहरू थिए । इटाली लगेर छोड्ने योजना अनुरूप उनीहरूले पाकिस्तानी आप्रवासीलाई जहाजको तल्लो भागमा, महिला तथा बालबालिकालाइ मध्यभागमा, सिरियाली, प्यालेस्टिनी र इजिप्टकालाई माथिल्लो भागमा राखेका थिए ।

जहाजमा सबैभन्दा बढी पाकिस्तानी थिए । पाकिस्तान सरकारका अनुसार करिब ३५० जना त्यस जहाजमा थिए । ती मध्ये अधिकांश तल्लो भागमा रहेको घटनामा बाँचेका १२ जना पाकिस्तानीले बयान दिएका छन् ।

जहाज यात्राको आरम्भ

कमिरन अहम्मद सिरियाली युवक हुन् । १८ वर्षको उमेरमा उनी बाबु आमासँगै नयाँ जीवनको खोजीका लागि लिबिया पुगे । उनको बुवाले उनलाई युरोप पठाउनका लागि घर जग्गा बेचेर तस्करको हातमा पैसा बुझाए । इटली पुगेर जर्मनी जाने र त्यहाँ काम गर्दै पढेर केही पैसा घर समेत पठाउने कमिरनको सपना थियो ।

‘उसलाई समुन्द्रबाट युरोप पठाउनुबाहेकको विकल्प हामीसँग थिएन’, कमिरनका बाबुले भने ।

जुन ९ को साँझ जसै एड्रिआना तैरिन थाल्यो, कमिरनमा चिन्ता बढ्न थाल्यो । उनीसँगै रहेका दाइ रोगयान अदिल अहम्मदलाई पौडन आउँदैनथ्यो । त्यसैले उनीहरूले ६ सय डलर बढी तिरेर जहाजको माथिल्लो भागमा आफ्नो स्थान सुरक्षित राखे । उनीहरू बाँचे ।

२० वर्षीय हसिब रेहमान कश्मिरमा मोटरसाइकल मर्मतको काम गर्थे । उनका तीन जना साथीले पनि तस्करलाई ८ हजार डलर बुझाएर लिबियाबाट एड्रिआना चढे । हसिबले पनि दलाललाई पैसा दिएर माथिल्लो ठाउँमा बस्न पाए ।

लिबियाबाट तीन दिनमा इटाली पुग्नेगरी उनीहरू हिँडेका थिए । दोस्रो दिनमै जहाजको इन्जिनमा समस्या देखिएको अनुभव आफूहरूले गरेको हसिबले बताए । तेस्रो दिनमा जहाजमा खानेकुरा र पानी सकियो । कतिपयले समुन्द्री पानी पिए लगत्तै गुलियो खाएर नुनिलो काट्ने प्रयास गरे । कतिपयले पानीकै लागि २० डलर तिरे ।

जहाज हरायो

तेस्रो दिन जहाजले आफ्नो बाटो बिराएको थियो । भू उपग्रहबाट प्राप्त तस्वीरले त्यसलाई पुष्टि गर्छ । अधिकांश समय फोनमा रहेका कप्तानले तेस्रो दिनमा बाटो बिराएका थिए । जहाजले बाटो बिराएसँगै यात्रुमा त्रासदी फैलियो । केहीले पैसा थपेर माथिल्लो तहमा आउने प्रयत्न गरे । तर पाकिस्तानीहरूको त्यस प्रयत्नलाई इजिप्टका ती दलालहरूले सफल हुन दिएनन् ।

उनीहरुले पेटीले हिर्काएको घटनामा बाँचेका एक प्रत्यक्षदर्शीले बयान दिएका छन् । यो घटनामा संलग्न इजिप्टका २६ वर्षीय अहम्मद इजाद रहेको आरोप लगाइएको छ । उनी हाल ग्रिसमा हिरासतमा छन् । उनका भाइ इस्लाम इजादले भने आफ्नो भाइ पनि अन्य आप्रवासी सरहनै पैसा तिरेर इटाली जानका लागि एड्रिआनामा सयर गरेको बताएका छन् । त्यसका लागि ४५ सय डलर तिरेको उनको भनाइ छ । अहम्मसँगै पक्राउ परेका अन्य ८ जनाले यस घटनामा आफूहरू पनि पीडित रहेको र कुनैपनि संलग्नता नरहेको बयान दिएका छन् ।

उद्दारको निरन्तर आश्वासन

तेस्रो दिनमै गन्तव्य पुग्नुपर्ने जहाज चौथो दिनसम्म पनि इटाली नपुगेपछि यात्रुहरू निकै आत्तिएको बयान प्रत्यक्षदर्शीहरूले दिएका छन् । १३ जुनमा इटालीतर्फ गइरहेको जहाजको इन्जिनमा थप समस्या आयो । अन्तर्राष्ट्रिय सीमामा पुग्न आँटेको जहाजमा समस्या निम्तिएको थियो ।

त्यसपछि माथिल्लो भागमा रहेकाहरुले कप्तानलाई सहयोगका लागि अपिल गर्न मनाए र प्रत्यक्षदर्शीका अनुसार कप्तानले इटालियन अधिकारीहरूलाई खबर गरे । जानकारहरूका अनुसार जहाजको कप्तानलाई रकम गन्तव्यमा पुगेपछि मात्रै रकम भुक्तानी गरिन्छ ।

कतिपय आप्रवासीहरूलाई रकम पनि दलालहरूले गन्तव्यमा पुगेपछि मात्रै दिन भनेका थिए । जहाजका कप्तान तथा बाँचेका अन्यले इटालीका अधिकारीहरूले निरन्तर सहयोगको वाचा गरेको बयान दिएका छन् ।

राति करिब १ बजेतिर उनीहरु रहेको क्षेत्रको आकाशमा जहाज देखिएको । त्यस जहाज उद्दारका लागि आएको आशा सबैले राखेका थिए । युरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने संस्था फ्रोन्टेक्सलाई इटालियन अधिकारीले एड्रिआनाको संकटबारे जानकारी दिएका थिए । तत्कालै उद्दारका लागि पहल गर्न उनीहरूको आग्रह थियो । जहाज निकै खचाखच रहेको उनीहरूको अनुमान थियो । उद्दार विना जहाजलाई तटमा ल्याउन सक्ने स्थिति नरहेकोमा उनीहरु प्रष्ट थिए ।

फ्रोन्टेक्सका लागि आफूलाई अब्बल साबित गर्ने यो एउटा मौका थियो । उद्दारको लागि तयारी थाल्दै गर्दा एड्रिआना ग्रिसको इलाकामा रहेको फ्रोन्टेक्सले थाहा पायो । उसले ग्रिसका अधिकारीले आफूले भन्दा यथाशीघ्र सहयोग गर्नसक्ने ठान्यो । दुई घण्टापछि ग्रिसको तटीय सुरक्षाको हेलिकप्टर त्यस क्षेत्रमा पुग्यो । जहाजको माथिल्लो भागमा खचाखच रहेका यात्रुले हात हल्लाइरहेको दृश्य हेरेर हेलिकप्टर फर्कियो ।

यता इटालियन अधिकारकर्मी नवाल सुफीलाई त्रासमा रहेका आप्रवासीले सम्पर्क गरे । ‘धैर्य साथ बस्नू तुरून्तै केही पनि हुँदैन तर तपाईंहरुको उद्दार अवश्य हुनेछ’, आफूले त्रासमा रहेका आप्रवासीलाई भनेको कुरा उनले स्मरण गरिन् ।

आपतकालीन अवस्था

१३ जुन राति ७ बजे । फ्रोन्टेक्सले एड्रिआना ग्रिसको इलाकामा देखेको सात घण्टा बितेको थियो । ग्रिसका अधिकारीले एड्रिआनामा रहेका यात्रुका लागि पानी र खानेकुरासहितको ट्यां कर त्यसतर्फ पठायो । उनीहरू इटालीतर्फनै पुगुन् भन्ने उद्देश्यका साथ डिजेल समेत बोकेर ग्रिसको ट्यांकर त्यहाँ पुगेको कुरा अदालतमा पेश भएको भिडियो र दस्तावेजले देखाउँछ ।

एड्रिआना ठीकठाक रूपमा इटालीपूर्व नै अघि बढेकाले आफूहरूले उद्दारमा चासो नदिएको जिकिर गरेका छन् । तर बीबीसीले त्यसबखतको स्थितिको डेटा जाँच गर्दा जहाज एकै ठाउँमा रहेको देखाएको छ । डुब्नुअघि सात घण्टासम्म जहाज एकै ठाउँमा रहेको देखिएको हो । ग्रिसका अधिकारीको दाबी भने फरक छ । फ्रोन्टेक्सले एड्रिआना देख्दा त्यस जहाज ३० नटिकल माइलले इटालीतर्फ अघि बढेको ग्रिसको जिकिर छ ।

भू-उपग्रहका तस्वीर र जहाज ट्रयाक गर्ने मरिन ट्राफिकका अनुसार डुब्नुअघिको सात घण्टासम्म इटली नजिकै रहेपनि जहाज एकै स्थानमा थियो । ग्रिसले व्यापारिक जहाज बोलाउँदासम्म एड्रिआना इटालीको नजिकको विन्दुमा रहेको पनि देखिएको छ ।

डुब्दै गयो जहाज

ग्रिसले त्यहाँ ट्याँ कर पठाउँदा पहिलो ट्यांकर एक मिनेट भित्रै पुगेको थियो । दोस्रो भने दुई घण्टा पछि । दोस्रो पटक पुग्ने ट्यांकरका कप्तान अनुसार धेरैले सहयोगको याचान गरेका थिए भने केहीले एड्रिआनाको कप्तानलाई समेत दबाबमा राखेर इटालीतर्फ अघि बढ्न दबाब दिएका थिए । दुर्घटनामा बाँचेकाहरूले पनि यस्तै बयान दिएका छन् ।

मेडे अर्थात् आपतकालीन कलको लामो समयसम्म पनि उद्दार भएको थिएन । त्यसपछि आप्रवासी सम्बन्धी एक गैरनाफामुखी संस्थानले ग्रिस र फ्रोन्टेक्सका अधिकारीलाई झकझक्यो । आप्रवासी सम्बन्धी राष्ट्रसंघको संस्थालाई समेत उद्दारको पहलका लागि अपिल गर्योा । जहाजको माथिल्लो भागमा रहेका यात्रुले ग्रिसले दोस्रोपटक पठाएको ट्यां करमा हाम फाल्ने प्रयत्न गरेका थिए । त्यसका कप्तानले यो कदमले एड्रिआनाको स्थिरतामा असर पुग्ने भनेपछि यात्रुहरूले उद्दारको आशामा आफ्नो प्रयास स्थगन गरे ।

दोस्रो पटक एड्रिआनालाई खाना र पानी पुर्याकएका ट्यांकरका कप्तानले जहाज निकै समस्यामा रहेको बताए । रेडियो ट्रान्समिसनको रेकर्ड अनुसार ग्रिसको कन्ट्रोलले भूमध्य सागरको इलाका वरीपरी सुरक्षा र संकट सम्बन्धी फ्रिक्वेन्सीबाट पाँच सन्देश प्रवाह गरेको थियो ।

याचमा रहेका हेनरिक फ्लोरेन्सले त्यस दिन दुईवटा मेडे सिग्नल आफूले पनि सुनेको बताए ।

जहाजसँगै जीवनको अन्त्य

१४ जुनको मध्यरातमा ग्रिसको सरकारी जहाज एड्रिआनातर्फ अघि बढ्यो । तर त्यस जहाज आउँदा आफूहरूको उद्दार नहुने निष्कर्षमा पुगेको प्रत्यक्षदर्शीको बयान छ ।

एड्रिआनाको वरपर ३ घण्टासम्म घुमेको प्रत्यक्षदर्शीको बयान छ । ग्रिसको सरकारी जहाजले एड्रिआनालाई तान्नुको सट्टा डुबाउनेगरी चाल चालेको प्रत्यक्षदर्शीको बयान छ ।

ग्रिस अधिकारीहरूले त्यसलाई इन्कार गरेका छन् । जहाज तान्ने प्रयास आफूहरूले गरेपनि असफल भएको उनीहरूको बयान छ । ग्रिसले चाहेको भए १३ घण्टासम्म ती सबैलाई सकुशल उद्दार गर्नेसक्ने क्षमता ऊसँग छ । फ्रोन्टेक्सको जानकारीका अलावा पनि उसले केही गरेन । जहाज के कति कारणले डुब्यो अझै यकिन विवरण आएको छैन । कोही क्षमताभन्दा बढी यात्रु बोकेर भएको भन्छन् । कोही कप्तानले जहाजलाई सन्तुलनमा राख्न नसकेको आरोप लगाउँछन् ।

माथिल्लो भागमा रहेकाहरू समुन्द्रमा हाम फाले । ती मध्ये दर्जनौंलाई ग्रिसका तटीय सुरक्षाकर्मीले जहाजमा ताने । एड्रिआनामा रहेका महिला र बालबालिका जहाजसँगै डुबे । २० वर्षे पाकिस्तानी मेकानिक्स हसिब बाँचे- ‘म भाग्यले बाँचे । अन्यथा मेरो शरिर समुन्द्रमै विलय हुनेथियो।’ एथेन्सको शरणार्थी शिविरमा भेटिएका उनले भने ।

अहम्मद जो दाइसँग ६ सय डलर तिरेर जहाजको माथिल्लो भागसमा बसेका थिए, उनी बेपत्ता छन् । भाइलाई सम्झेर शरणार्थी शिविरमा मुर्छा पर्नुअघि उनी चिच्याउँछन्, ‘मैले भनेको थिएँन र हामी मर्न हिँडेका थियौं । मैले भनेको थिएँन र हामी मरिसक्यौं ?’

कमिरनको शव अझै फेला परेको छैन । जग्गा बेचेर कमिरनलाई इटाली पठाएका उनका पिताले सर्वस्व गुमाए  एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap