१०औं श्रृंखलासम्म पुग्दा चैतन्य एकेडेमीले एक लाख धनराशीको पुरस्कार पूर्वमुख्य सचिव कोइरालालाई प्रदान


लेखक : सुन्दराञ्चल      अशोज १३, २०८० मा प्रकाशित     
१०औं श्रृंखलासम्म पुग्दा चैतन्य एकेडेमीले एक लाख धनराशीको पुरस्कार पूर्वमुख्य सचिव कोइरालालाई प्रदान

काठमाण्डौ असोज १३, विगत लामो समय देखी चैतन्य एकेडेमीले दिगो विकास र समृद्धिलाई केन्द्र बिन्दुको भागमा राखेर चैतन्य एकेडेमीले राष्ट्रिय सेमिनारको आयोजना गर्दै आएको छ।

सेमिनार आयोजनामा राजनीति, सार्वजनिक व्यक्तित्व, प्रशासन व्यक्तित्व, शिक्षा व्यक्तित्व, स्वास्थ्यलगायत विभित क्षेत्रका बौधिक, दिग्गज व्यक्तिहरूको सहभागीता गराउदै आएको छ ।

उक्त समारोमा । एकेडेमीले आप्mनो १०औं स्थापना श्रृंखलासम्म पुग्दा एक लाख धनराशीको चैतन्य शासकीय सुधार तथा प्रशासकीय सुदृढिकरण सम्मान प्रदान गरेको छ। असोज १२ र १३ धुलिखेलमा जारी सुशासन, दिगो विकास र समृद्धि विषयक सेमिनारबीच पहिलो पटक उक्त पुरस्कार नेपाल सरकारका पूर्वमुख्य सचिव डा.विमल कोइरालालाई प्रदान गरियो को हो ।

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले चैतन्य शासकीय सुधार तथा प्रशासकीय सुदृढिकरण धनराशी कोइरालालाई सम्मान प्रदान गरेका हुन्।

अर्थमन्त्री महतले सम्मान पर्दान गर्दै एकेडेमीले उपुक्त र योग्य व्यक्तिलाई सम्मान गरेको बताए। उनले निजामति सेवामा रहँदा कोइरालाले अर्थ सचिव र मुख्य सचिवको भूमिकामा रहेर देशका लागि ठूलो योगदान पुर्यालएको बताए ।
विराटनगरमा विक्रम सम्वत् २०१२ वैशाख ६ गते जन्मिएका कोइरालाले २०३५ सालामा शाखा अधिकृतबाट सेवा सुरु गरेका थिए। उनी २०५९ असोज ४ गते नेपाल सरकारको मुख्य सचिव नियुक्त भएका थिए।

निजी क्षेत्रबाट निजामति सेवामा योगदान पुर्यागउने व्यक्तिहरूका लागि प्रदान गरिने यो नै अहिलेसम्मको ठूलो पुरस्कार भएको बताइएको छ।

पूर्वकुसल प्रशासक कोइरालालाई एकेडेमीले स्थापना गरेको चैतन्य शासकीय सुधार तथा प्रशासकीय सुदृढिकरण सम्मान पहिलो पटक अर्पण गर्न पाइएको भन्दै चैतन्य ग्रुपका सिइओ गणेशप्रसाद जोशीले खुसी व्यक्त गरेका छन्।

एकेडेमीले आफ्ना नियमित सेवाका अलावा सामाजिक क्षेत्रममा पनि काम गरिरहेको जोशीले बताए। यसका अलावा धनगढीस्थित चैतन्य पाठशालाले शिक्षा, खेलकुद र साहित्यमा पनि प्रत्येक वर्ष पुरस्कार प्रदान गरिने जानकारी दिएका छन्।

सम्मान प्रदानका लागि गठित समितिले उक्त पुरस्कार कोइरालालाई प्रदान गर्न सिफारिस गरेको थियो।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap