होटलमा बास बस्न आएका एक परुष मृत फेला,


लेखक : सुन्दराञ्चल      बैशाख १२, २०८० मा प्रकाशित     
होटलमा बास बस्न आएका एक परुष मृत फेला,

धनगढी बैशाख १३, कैलालीको अत्तरियामा रहेको एक होटलमा ४५ वर्षीय मोहनसिंह मृत फेला परेका छन्। कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरिया बसपार्क पहाड रोड मा रहेको न्यू सत्कार होटलमा दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह मृत फेला परेका हुन्।

१० बैशाखमा कोठा लिएर बसेका सिंह सोमबार साँझ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए। चन्दकाअनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका आफन्तलाई खबर गरेपछि उनीहरु पहाड ९दार्चुला० बाट धनगढी आइरहेको जनाएको छ ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap