हालको समयमा अदालतमा विवाह गर्ने जोडी बढ्दै ?


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०७९ मा प्रकाशित     
हालको समयमा अदालतमा विवाह गर्ने जोडी बढ्दै   ?

काठमाडौं  ५ वैशाख, । अभिनेत्री रेखा थापाले केही समयअघि जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरिन् । उनले गोप्य राख्ने कोशिश गरेपनि उनीहरुले विवाह गरेको खबर सञ्चारमाध्यमबाट बाहिरियो । रेखाको यो दोस्रो विवाह हो ।

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेल पनि विवाह बन्धनमा बाँधिए । उनीहरुले पनि पहिले अदालती विवाह गरेर पछि सामाजिक परम्पराअनुसार विवाह गरेका थिए ।

यस्तै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले केही वर्षअघि विवाह गरे । उनीहरुले पनि सामाजिक परम्परा अनुसार धुमधामले विवाह गर्नुअघि ललितपुर जिल्ला अदालतमा पुगेर पहिले विवाह दर्ता गराएका थिए ।यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय अदालती विवाह गर्ने जोडीको संख्या बढ्दो छ । सामाजिक परम्परा अनुसार विवाह गरेपनि त्यसअघि वा पछि अदालतमा गएर दर्ता गर्नेहरुको संख्या बढिरहेको तथ्यांकले देखाउँछ ।
हालको समयमा अदालतमा विवाह गर्ने जोडी बढ्दै गएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहाल बताउँछन् । काठमाडौं जिल्ला अदालतमा आर्थिक वर्ष २०७७÷०७८ मा ६६१ जनाले विवाह गरेका थिए भने चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मात्रै यस्तो विवाह गर्नेको संख्या १ हजार ३७२ रहेको छ ।

कहिलेबाट सुरु भयो अदालती विवाह ?

१ भदौ २०७५ भन्दा अघि दर्ता विवाह जिल्ला प्रशासन कार्यलयमा हुने गर्दथ्यो । नयाँ मुलुकी देवानी संहिता लागू भएपछि भने यस्तो विवाह अदालतबाट हुन थालेको हो ।

किन आवश्यक छ दर्ता (अदालती) विवाह ?

संसारभर नै अदालतले दिएको प्रमाणपत्रलाई विश्वसनीय मानिन्छ । अदालती विवाहको मान्यता विश्वका सबै देशमा हुन्छ ।

पछिल्लो समय विभिन्न उद्देश्यका लागि विदेशिने नेपालीहरुको संख्या बर्सेनि बढ्दो छ । विदेशमा सहज हुने भएकाले पनि अदालतमा आएर विवाह दर्ता गराउनेहरुको संख्या बढेको हुनसक्ने सूचना अधिकारी दाहाल बताउँछन् । कतिपयको भने अदालतमै आएर विवाह गर्ने चाहना हुने गरेको उनी बताउँछन् ।

कसरी गर्न सकिन्छ दर्ता (अदालती) विवाह ?

दुवै नेपाली नागरिक भएको अवस्थामा

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दाहालका अनुसार सर्वप्रथम अदालतमा गएर विवाह गरिपाउँ भनेर निवदेन पेश गर्नुपर्छ । निवदेनको कागजातमा केटा–केटीको स्थानीय ठेगाना रहेको स्थानीय तहबाट अविवाहित रहेको भन्ने सिफारिस पत्र चाहिन्छ ।

यदि काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरिंदैछ, तर दुवैको स्थायी ठेगाना यहाँ होइन भने निवदेन दिनुभन्दा १५ दिनअघि काठमाडौं जिल्लाभित्रको कुनै ठाउँमा बसोबास गरेको छ भन्ने सिफारिस वडा कार्यालयबाट लिएर आउनुपर्छ । यसका साथै विवाहका लागि दुई जना साक्षी पनि आवश्यक पर्ने दाहाल बताउँछन् ।

सबै कागजात जुटाइसकेपछि सक्कल नागरिकता प्रमाणपत्रसहित इजलासमा पेश गर्नुपर्छ । श्रेस्तेदारले प्रमाणपत्र दिएपछि अदालती विवाह सम्पन्न हुन्छ ।

विदेशी नागरिकसँग विवाह गर्दा

विवाह गर्न लागेको जोडीमध्ये एक जना विदेशी नागरिक भए नेपाली नागरिकले स्थायी ठेगानाको स्थानीय तहबाट अविवाहित रहेको रिफारिस आवश्यक पर्छ । यस्तै विदेशी नागरिकको हकमा भने सम्बन्धित देशको विवाह सम्बन्धी कानुनलाई नेपालीमा अनुवाद गरेर ल्याउनुपर्छ ।

त्यसपछि सम्बन्धित देशको राजदूतावासबाट अविवाहित रहेको सिफारिस ल्याउनुपर्छ । सबै प्रक्रिया पूरा गरेपछि अदालतको इजलासमा पेश हुन्छ र श्रेस्तेदारले प्रमाणपत्र प्रदान गरेपछि अदालती विवाह सम्पन्न हुन्छअनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap