हात्तीपाइले रोग निवारण कार्यक्रममा जुटे स्थानिय तह


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७८ मा प्रकाशित     
हात्तीपाइले रोग निवारण कार्यक्रममा जुटे स्थानिय तह

फागुन, २२ राँझा । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन बाँकेका स्थानीय तहले चासो देखाएका छन् । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहस्तरमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्वास्थ्यकर्मीलाई समन्वय गरी परिचालन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी र खजुरा गाउँपालिकाले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आम औषधि सेवन अभियानको योजना तर्जुमा गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका हात्तीपाइले रोग निवारण कार्यक्रम स्रोत व्यक्ति दुर्गा गौतमले जानकारी दिइन् ।

उनका अनुसार अझै पनि जनचेतनाको कमी, औषधिबारे गलत धारणा र औषधिसम्बन्धी जानकारी नभएको जस्ता विषयले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानले बाँकेमा लक्ष्य प्राप्त गर्न सकेको छैन । यो अवस्थालाई सुधार गर्न अहिले स्थानीय तहले सक्रियता देखाएको उनको भनाइ छ ।

आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाले औषधि सेवन नगरे सरकारी सेवाबाट बञ्चित गर्नेसम्मको तयारी गरेको नगरप्रमुख लुटबहादुर रावतले बताए । प्रत्येक वर्ष औषधि सेवन अभियान सञ्चालन भएपनि प्रभावकारी नभएका कारण अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायत सरोकारवाला सबैलाई व्यापक रूपमा परिचालन गरिने उनले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा ८४ प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । वडा नम्बर ५ र ६ मा पर्ने रझेना गाउँमा औषधि सेवन नगरेको पाइएकाले अहिले त्यहाँ ध्यान केन्द्रित गरेको कोहलपुर नगरपालिका नगर स्वास्थ्य केन्द्रका प्रमुख अनिल सेनले बताए । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकास्तरमा व्यापक प्रचारप्रसारसहित जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरिएको जानकी गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् ।

जिल्लामा ८१ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । यो रोग उन्मूलन गर्ने लक्ष्य राखेर सन् २०११ बाट जिल्लामा रोगविरुद्धको औषधि खुवाउन सुरु गरिएपनि लक्ष्य प्राप्त गर्न नसकेको धितालले बताइन् ।

पोथी लामखुट्टेको टोकाइबाट मानिसको शरीरमा पस्ने फाइलेरिया नामक परजीवीका कारण हात्तीपाइले रोग लाग्ने गर्छ । यो परजीवी करिब ६ वर्षसम्म मानिसको शरीरमा सुषुप्त अवस्थामा रहने हुँदा कम्तीमा लगातार ६ वर्ष नियमित औषधि सेवन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाह सुझाउँछन् ।

उनका अनुसार हात्तीपाइलेको बाहिर देखिने लक्षण वा तत्काल देखिने लक्षणमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला–काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनसक्छ ।

महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्नु, खुट्टा सुन्निनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु जस्ता लक्षण देखिन्छन् । रासस

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap