हवाई भाडा बढाएका छन् काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०७९ मा प्रकाशित     
हवाई भाडा बढाएका छन्    काठमाडौं-धनगढी रुटको भाडा १५,६६५ रुपैयाँ

काठमाडौँ, १० जेठ ।वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।सोमबार एक सूचना जारी गर्दै वायु सेवा सञ्चालक संघले आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेका हुन् । संघका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ ।

सबै भन्दा कम काठमाडौँ-सिमरा ९० रुपैयाँले बढेको छ । योसँगै अब काठमाडौँदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ । यस्तै काठमाडौँ-नेपालगञ्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ, विराटनगर ९ हजार ३२५, जनकपुर ४ हजार २५०, भरतपुर ४ हजार ४३५, पोखरा ६ हजार ३०५ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपछि हवाई भाडा बढाइएको संघले जनाएको छ । बढेको भाडा आगामी बुधबार अर्थात् जेठ ११ गतेदेखि लागू हुने संघले जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोलरमट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको भने एकैपटक २०० रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १८०० रुपैयाँ पु¥याएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap