स्वास्थ्य कार्यालय कैलालीद्वारा मजदुर दिवसमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न


लेखक : सुन्दराञ्चल      बैशाख १९, २०८२ मा प्रकाशित     
स्वास्थ्य कार्यालय कैलालीद्वारा मजदुर दिवसमा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

बैशाख १९ , १३६ औ अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा गोदावरी नगरपालिका वडा नं ३ स्थित उग्रतारा इँटा टायल उधोगमा रहेका मजदुरहरुको स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रम स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सम्पन्न भएको छ । उक्त उधोगमा रहेका मजदुरहरुको मधुमेह परिक्षण, ब्लडप्रेसर नाप, तौल मापन, पिसावमा प्रोटिन र सुगर जाँच, आयोडिन परिक्षण र शंकास्पद औलो परिक्षण, स्वास्थ्य परामर्श, अति आवश्यक भएकालाइ औषधीको व्यवस्थापन गरिएको थियो । कार्यक्रममा व्यवस्थापनका लागी तारा इँटा तथा टायल उधोग गोदावरी ३ मालाखेतीको रहेको थियो ।

अन्तराष्ट्रिय मजदुर दिवस २०८२ को नारा: श्रमको सम्मान गरौं । श्रमशक्ती नै राष्ट्रशक्ती हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो । स्वास्थ्य कार्यालयले विभिन्न दिवसहरुमा यस्ता जनता संग प्रत्यक्ष सरोकार राख्ने नतिजामा आधारित कार्यक्रमा गरी मनाउने गरेको छ l

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap