स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      बैशाख ३०, २०७९ मा प्रकाशित     
स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु

स्याङ्जा ३० वैशाख,  । स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका(४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका( १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए ।

 

मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।

त्यस्तै चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी खनालले जानकारी दिए ।

५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap