स्कुल हिडेकी शिक्षिका स्कुटी बाट खसेर खोलामा,


लेखक : सुन्दराञ्चल      असार ३, २०७९ मा प्रकाशित     
स्कुल हिडेकी शिक्षिका स्कुटी बाट खसेर खोलामा,

काठमाडौं असार ३, नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए ।

दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap